पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक र्यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो । …