काम नगर्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्ने सीडीओको चेतावनी

मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहालले समयमा काम नसक्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका छन् । अलपत्र अवस्थामा छाडेका तथा बाढीपहिरोका कारण क्षति पुर्‍याएका योजनाको अनुगमनका क्रममा सीडीओ दाहालले समयमै काम नसक्ने ठेकेदारलाई कारवाही गर्ने बताए । ‘ठेकेदार, आयोजना हेर्ने कार्यालयका प्रमुख तथा इन्जिनीयरलाई फोनमार्फत जानकारी गराएर तुरुन्त काम सक्न निर्देशन दिएका छु,’ उनले भने, ‘तोकेको समयमा काम नसक्ने ठेकेदारलाई पक्राउ पूर्जी जारी गरेर कानून अनुसार अगाडि बढ्छु । ए...