रिडी पावरको अध्यक्षमा  सञ्जिव न्यौपाने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अध्यक्ष पदमा सञ्जिव न्यौपानेलाई नियुक्त गरेको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले  न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको छ । 

सम्बन्धित सामग्री

रिडी पावरको सेयर नपाउनेलाई बिहीबारदेखि पैसा फिर्ता हुने

१८ वैशाख, काठमाडौं । रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि आवेदनका साथ रकम भुक्तानी गरेका, तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै …

हकप्रदमा नबिकेको ११ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री गर्दै रिडी पावर

२२ चैत, काठमाडौं । रिडी पावरको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता साधारण सेयर लिलामी बिक्री हुने भएको छ । इच्छुक लगानीकर्ताले चैत २९ गतेदेखि आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ …

रिडी पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले हकप्रद निष्कासनको लागि भोलि बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले शेयर निष्कासनको लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्कासन मिति भने तय गर्न बाँकी छ ।

रिडी पावरको ४० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिडी पावर कम्पनी लिमिटेडको बोनस शेयर बिहीवार सूचीकृत भएको छ । कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले माघ २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

रिडी पावरको २१औं वार्षिक साधारण सभा आइतवार

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आइतवार गर्ने भएको छ । सभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।  सभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीले साझा पावर डेभलपमेण्ट प्राईभेट लिमिटेडको सम्पूर्ण शेयर खरीद गर्ने र कम्पनीको नाममा रहेका पुराना सवारी साधन मेसिनरी विक्री गर्ने वा भाडामा दिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

रिडी पावरको दोस्रो त्रैमाससम्मको नाफा करीब २ करोड

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म रू. ४६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको रिडीले यस वर्ष करीब ९६ प्रतिशत कम यो नाफा गरेको हो ।यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी १५० प्रतिशत बढेपनि कुल आम्दानी करिब ७२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो ।  गत वर्ष रू. ६७ करोड ४४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १८ करोड ९२ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।विद्युत् विक्री आम्दानी गत वर्ष रू. ७ करोड ३५ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १८ करोड ४१ लाखभन्दा बढी भएको छ ।  आम्दानीको गत वर्ष कुल सञ्चालन खर्च रू. १ करोड २९ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. २ करोड ९१ लाखभन्दा बढी भएको छ । जसको प्रत्यक्ष असर कम्पनीको नाफामा परेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ४३ रहेको छ ।   वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

रिडी पावरको ४० प्रतिशत बोनस सेयर विद्युत नियमन आयोगबाट स्वीकृत

२९ पुस, काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीको प्रस्तावित लाभांश स्वीकृत गरेको छ । कम्पनीले १३ मंसिरमा हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि २.१ प्रतिशत नगद गरी ४२.१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको […]

चलखेलको आरोपमा कारोबार रोक्का गरिएको रिडी पावरको सेयर कारोबार फुकुवा

काठमाडौं। रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा भएको छ। चलखेलको आरोपमा गत मंसिर ६ गतेबाट रोक्का रहेको कम्पनीको सेयर