रिडी पावरको ५० % हकप्रद शेयर विक्री खुला, माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्ने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गते (आज)बाट ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १० बराबर ५ को अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीको संस्थापकतर्फको शेयर २०७३ चैत १८ गतेदेखि सर्वसाधारण शेयरसरह कारोबारयोग्य भएको छ ।  हकप्रद शेयर निष्कसन प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर चैत ८ गतेसम्म विक्रीमा रहनेछ । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  यो कम्पनी चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड २६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्षको यस अवधिसम्म कम्पनीले १ करोड ९६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीले ९ करोड ८२ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ । कुल आम्दानी घटेसँगै यस वर्ष कम्पनीले खुद नोक्सानी व्यहोर्नुपरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको कुल आम्दानी १८ करोड ९२ लाख रुपैयाँभन्दा बढी थियो । यस अवधिसम्म ११ रुपैयाँ ९६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ २५ पैसा छ । 

सम्बन्धित सामग्री

अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर मङ्सिर २८ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा साउन २५ गतेसम्म कायम शेयरधनीहरूका लागि कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका शेयरधनीहरूमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले दिएको छ ।  सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

अपर तामाकोशीको हकप्रद शेयर भर्न समय थपियो

काठमाडौं, ५ असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । गत भदौ १८ गतेदेखि खुल्ला गरिएको हकप्रद शेयरको आवेदन असोज १८ गतेसम्म भर्न सकिने छ । कम्पनीले १ः१ को अनुपातमा एक सय रुपैयाँको दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर […]

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप

काठमाडौं । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यसअघि हकप्रद शेयर खरीदका लागि भदौ २४ गतेसम्मको अवधि तय गरेकोमा उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि आवेदन दिने अवधि भदौ ३१ गतेसम्मका लागि थप गरेको हो । भदौ २३ गतेसम्म ४० हजार २९६ जनाबाट २१ लाख ८४ हजार २५२ कित्ता हकप्रद शेयर खरीद माग भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत आवेदन

काठमाडौं । यही भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत मात्र आवेदन परेको छ । भदौ २१ गतेसम्मको तथ्यांकअनुसार ३८ हजार ४७८ जना शेयरधनीहरूले १८ लाख १२ हजार ६२९ कित्ता हकप्रद शेयर खरीद माग गरेका छन् । कम्पनीले आगामी आइतवार (भदौ २४ गते)सम्मका लागि मात्र यो हकप्रद शेयर विक्रीमा ल्याएको हो ।  हकप्रद शेयर खरीदका लागि परेको आवेदनको अवस्थालाई हेर्दा बाँकी रहेको अवधिभित्र सम्पूर्ण कित्ता माग हुने सम्भावना कम देखिन्छ । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम हुँदै गएको छ ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ ।  शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।  हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

अप्पर तामाकोशीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ– अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति शेयर […]

एचआईडीसीएलले हकप्रद शेयर आवेदकको पैसा फिर्ता गर्ने

कम्पनीले शुक्रबार सूचना जारी गर्दै हकप्रद शेयरमा आवेदन दिएका लगानीकर्ताको रकम फिर्ता गर्ने जनाएको हो ।

आजदेखि २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँको हकप्रद शेयर खुला, कसरी दिने आवेदन‍ ?

समृद्धि फाइनान्स लिमिटेडले आज (फागुन ८ गतेदेखि) हकप्रद शेयर निष्काशन गर्दैछ। फाइनान्सले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्...

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर विक्री खुला

काठमाडौं, २५ असोज । आजदेखि एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर १० बरावर ३ को अनुपातमा १ सय रुपैयाँ अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता निष्काशनमा ल्याएको हो । हकप्रद शेयर खरिदको लागि कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद […]

एचआईडिसिएलले हकप्रद निष्काशको लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल)ले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद प्रयोजनका लािग जेठ २८ गते बुक क्लोज गर्ने मिति तय गरेको हो। जेठ २७ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर(राइट सेयर)मा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रति कित्ता एकसय अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।