काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आइतवार गर्ने भएको छ । सभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीले साझा पावर डेभलपमेण्ट प्राईभेट लिमिटेडको सम्पूर्ण शेयर खरीद गर्ने र कम्पनीको नाममा रहेका पुराना सवारी साधन मेसिनरी विक्री गर्ने वा भाडामा दिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।