काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ४६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको रिडीले यस वर्ष करीब ९६ प्रतिशत कम यो नाफा गरेको हो ।यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी १५० प्रतिशत बढेपनि कुल आम्दानी करिब ७२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो ।
गत वर्ष रू. ६७ करोड ४४ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १८ करोड ९२ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।विद्युत् विक्री आम्दानी गत वर्ष रू. ७ करोड ३५ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १८ करोड ४१ लाखभन्दा बढी भएको छ ।
आम्दानीको गत वर्ष कुल सञ्चालन खर्च रू. १ करोड २९ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. २ करोड ९१ लाखभन्दा बढी भएको छ । जसको प्रत्यक्ष असर कम्पनीको नाफामा परेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ४३ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :