रिडी पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले हकप्रद निष्कासनको लागि भोलि बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले शेयर निष्कासनको लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्कासन मिति भने तय गर्न बाँकी छ ।

सम्बन्धित सामग्री

सिंगटी हाइड्रोको हकप्रद शेयर र तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । तीन कम्पनीको लाभांश र सिंगटी हाइड्रोको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोलि (पुस २० गते) बुक क्लोज गर्दैछन् भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेका कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बोटलर्स नेपाल (तराई)ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ बजे शुरु हुनेछ । सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ ।

अप्पर तामाकोशीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ– अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति शेयर […]

सिनर्जी पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट असार २० गते अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात् चुक्ता पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ।

अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

चैत १३, काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) सम्म रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि चैत १४ गते बुक क्लोज गरेकाले आइतवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले चैत २५ गते देखि १ः०.३९ अनुपातमा रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ । उक्त हकप्रद शेयरमा आवेदकले वैशाख १५ गतेसम्म आवेदन दिन पाउनेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

माघ २५, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते (एक दिन) बुक क्लोज गर्ने भएकाले बिहीवार (माघ २७ गते) सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीले ४० प्रतिशत आर्थात १०:४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोजको मिति तय गरेको हो । कम्पनीले रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० % हकप्रद शेयर सुरक्षित गर्ने आइतवार अन्तिम दिन

पुस २५, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि  निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने पुस २५ गते आइतवार अन्तिम दिन रहेको छ ।  कम्पनीले पुस २६ गते एक दिन हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गर्न लागेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य हुने भएका हुन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको उक्त कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर माघ २७ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयरमार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/ ८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको रू. ११ लाख ५५ हजार खुद नाफा रहेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।

छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २०, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  निष्कासनको मिति हालसम्म तय नगरेको कम्पनीले बुक क्लोजको मिति भने पुस २१ गतेका लागि तय गरेको हो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १ गते कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पाएको हो ।  कम्पनीले हकप्रद शेयर निष्कासनका लागि वैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्नपीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ । कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दीर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २३, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि शुक्रवार (मंसिर २४ गते) बुक क्लोज गर्ने भएसँगै मंसिर २३ गते बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हाइड्रोइलेक्ट्रीसिटीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

जेठ २६ काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो ।  कम्पनीले अव ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. २७ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६३ करोड ८९ लाख ९० हजार नाफा कमाएको छ ।

अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

वैशाख २८, काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।  कम्पनीले रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।