आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र सुधारको प्रयास गरेको कांग्रेस सांसद उदयशमशेर जबराले बताएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद जबराले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।