राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानविन समितिले बुधबार (आज) राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई प्रतिवेदन बुझाएको छ ।
१४ दिन लामो छानविन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्ण केशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् । समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल संघ, एसियाली फुटबल महासंघ फिफाको नियम ...