कैलालीको धनगढी बजार डुबानमा परेको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका ३ को मिलनचोक, विद्युत प्राधिकरण कार्यालय र पछाडि रहेका घरहरु डुबानमा परेका हुन् । विद्युत कार्यालय जलमग्न भएपछि महसुल बुझाउन जाने सेवाग्राहीहरु समस्यामा परेका छन् । उपमहानगर वडा नम्बर ३ मा नाली निकासमा समस्या भएपछि बजार डुबानमा परेको स्थानीयवासीहरुको भनाई छ । यसअघि स्थानीयवासीले उपमहानगरपालिका वडा नम्बर २ तर्फबाट पानी निकासको माग गर्दै आएपनि कुरा नमिलेपछि समस्या आएको उनीहरुको भनाई छ ।