सुदूरपश्चिममा अविरल वर्षाले डुबान र बाढी

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।कैलालीको खुटिया, मोहना, क

सम्बन्धित सामग्री

लगातारको वर्षा : दशैंमा बाढी-पहिरोको जोखिम

यस वर्षको बडा दशैंको आठौं दिनदेखि भैरहेको वर्षाले दशैं मात्र खल्लो बनाएको छैन कि बाढी, पहिरो र डुबानको जोखिम समेत बढाएको छ । नवमीको दिनदेखि भएको अविरल वर्षा टीकाको दिनसम्म जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ। केही ठाउँमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण प्युठान, …

उपत्यकामा अविरल वर्षाले बागमती नदी उर्लियो, तराईमा जोखिम बढ्यो

काठमाडौं, १९ असार । उपत्यकामा अविरल वर्षा भएको छ । गएराति देखिको वर्षाले बागमती नदीको बहाव बढेको छ । बाढी सूचना केन्द्रका अनुसार रौतहट कर्मैयास्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीको सतह बढ्दा तटीय क्षेत्रमा डुबान भएको छ । विहान ४ बजेदेखि बागमतीको सतह खतराको तह पार गरेको थियो । विहान […]

जोखिम क्षेत्रमा सतर्क रहन जल तथा मौसम बिज्ञान विभागको आग्रह

पूर्वको इलाम, झापा, मोरङ तथा सुनसरीमा गएरातिदेखि अविरल वर्षा भैरहेको छ । निरन्तरको बर्षाले पानीको बहाव बढ्ने र जोखिम निम्त्याउने सम्भावना बढेको छ ।निरन्तर परेको पानीका कारण खोलाहरुमा बाढी आउने तथा होचो ठाउँहरुमा डुबान हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले मोवाइलको एसएमएसमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।विभागले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आस

मुख्यमन्त्री पोखरेलको आग्रह : अविरल वर्षा जारी छ, सतर्क रहौं

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविरल वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण धेरै क्षेत्रमा बाढी गएका कारण असुरक्षीत र डुबान क्षेत्रका बासिन्दालाई सचेत रहन उनले आग्रह गरेका हुन्। प्रदेशका विभिन्न नदीहरुमा पानीको बहाब बढ्दा पहिरो, डुबान र बाढीको समस्या बढदो छ। वर्षा नरोकिएसम्म…

बाढी, पहिरो र डुबानबाट क्षति

काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको […]

बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ । तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बा(ँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।

एक्कासी किन पर्‍यो यति ठूलो पानी?

केहीदिन अघिसम्म देशको पश्चिमी तराईमा नियमित पानी परेपनि पूर्वी क्षेत्रका पहाड र तराईमा ठूलो पानी परेको थिएन। शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि फैलियो। किन एकाएक यत्रो ठूलो पानी…