सदा झैँ यस वर्षको स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ। बेलाको बोली बोल्ने हो र समाजलाई समयअनुसार परिवर्तन गर्न अग्रसर हुने महिला क्षेत्रले यस्ता विषयमा विमर्श गरिरहनुपर्ने माग पनि उठिरहेको छ।तर, आफूलाई अग्रगामी भन्ने महिला पक्षीय संस्था र नेतृहरूले यस्ता विषयमा विचार विश्लेषण गरिरहेको पाइन्न। कतिपय परम्परावादी महिला नेतृ र संस्थाहरू सदा झैँ सक्रिय देखिन्छन्। मिडियामा तिनकै विचार बारबार सुनिन्छ। अग्रगामी सोचहरू हात बाँधेर बसेको स्थिति छ। विचारलाई विचारले नै परास्त गर्नुपर्छ। अझ यस्ता विषयमा