काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे । प्रतिष्ठानकै योजना […]