हाम्रो पेमा जोडियो हाम्रो रेमिट, विदेशबाट पठाएको पैसा आधा घण्टाभित्रै

काठमाडौं, ४ बैशाख । हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन्। यससँगै नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ। यससँगै हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैसा पठाउदा वालेटमा १०० रुपैयाँ बोनस पाउन सकिनेछ भने यो अफर […]

सम्बन्धित सामग्री

६० किलो सुनमा जोडियो क्रिप्टोकरेन्सी

१४ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए । ‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा […]

मुर्राको हँसीमजाक

प्रधानमन्त्री पुष्पकमल दाहालको केही दिनअघि भएको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दिएको मुर्रा राँगोबारे अनेकथरी चर्चा भए । मुर्रा राँगोलाई नेपालमा ल्याउँदा हुने लाभ/ हानिभन्दा पनि यसलाई राजनीतिसँग बढी जोडियो । तर, यतिबेला मुर्रा राँगोलाई नेपाल ल्याउँदा हँसीमजाक नभई यस्ता जातका पशु वा उन्नतबालीको कत्तिको आवश्यकता हुन्छ भन्नेबारे छलफल केन्द्रित हुनुपर्छ । नश्ल सुधारका लागि भारतबाट ल्याइने मुर्रा जातका राँगाबाट कृत्रिम गर्भाधान गराई बढी दूध दिने भैंसी जन्माइनेछ । यस्तै खालको कार्यक्रम गाईमा पनि गरिएको छ । बढी दूधकै लागि होलिस्टाइन गाई पनि आयात गरिएको छ भने बोयर जातको बाख्रापालन पनि गरिएको छ । यसरी नस्ल सुधारबाट दूध तथा मासुको उत्पादन बढाइएको छ । यस्तो कार्यक्रम सकारात्मक छ ।  तर, नेपालले पशु नश्ल सुधार कार्यक्रम ल्याउँदै गर्दा यस्ता पशुबाट साँच्चिकै लाभ भइरहेको छ त ? उन्नत जातका पशु वा बीउबिजन नेपालमा आवश्यक छ तर त्यो भन्दा महत्त्वपूर्ण कुरा उन्नत जातलाई नेपालमा भित्त्याइसकेपछि त्यसमा लगानी कति पर्छ र नाफा कति हुन्छ भन्ने कुरा हेर्नुपर्छ । स्थानीय पशुपक्षीको तुलनामा उन्नत जातका पशुपक्षीले बढी प्रतिफल दिएको त्यतिबेला मानिन्छ, जतिबेला स्थानीयको तुलनामा यस्ता पशुमा गरिएको लगानी थोरै हुन्छ । यतिखेर हामीलाई कम लागतमा बढी नाफा दिने उन्नत जातको पशु चाहिएको हो । परम्परागत पशुपालनमा घाँस खुवाइन्थ्यो वा चराइन्थ्यो । यी नि:शुल्क प्रकृतिबाट प्राप्त हुन्थे । त्यसो हुँदा कम दूध दिए पनि लागत कम पथ्र्यो । अहिले उन्नत जातका पशु पालनमा दाना खुवाउनुपर्ने हुन्छ । दानाकै लागि पैसा विदेशिएको समेत पाइन्छ । कुनै पनि नयाँ लगानीमा प्रतिफल र लागतको तुलना गरिन्छ । त्यो लागत आर्थिक मात्र नभएर वातावरणीय लागतलगायत अन्य लागत पनि हुन सक्छ । त्यस हिसाबले आयातित वर्णसंकर पशुपालनले नेपालको समग्र कृषि प्रणाली र नेपालको परम्परागत प्रविधिको संरक्षणमा कत्तिको काम गरेको छ त्यसबारे पनि विचार पुर्‍याउन आवश्यक छ । नेपालकै रैथाने पशुलाई रैथानै पशुबाट वर्णसंकर निकाल्दा बढी लाभ हुन्छ कि भन्नेमा खासै अध्ययन भएको छैन । त्यसैले यतातिर पनि ध्यान दिने हो कि ?

‘सामाजिक लाञ्छनाले मदेखि टाढिएको समाज मनोपरामर्शले गर्दा फेरि मसँगै जोडियो’

पुष्पा गाैतम सिरहाको लाहान नगरपालिकाकी बिनिता कामती (नाम थर परिवर्तन)ले श्रीमान वैदेशिक रोजगारीमा गएपछि केसम्म भोग्नुपरेन । छरछिमेकले कुरा काट्ने थाले । आफ्नै परिवारका सदस्यबाट कुटाइ खानुपर्यो । आफ्नै श्रीमानले पनि शंकाले हेर्न थाले । कुरा गर्न बन्द गरे । घरमा पैसा पठाएनन् । यस्तो भएपछि बिनितालाई अब बाँचेर के गर्ने भन्ने...

‘सामाजिक लाञ्छनाले मदेखि टाढिएको समाज मनोपरामर्शले गर्दा फेरि मसँगै जोडियो’

पुष्पा गाैतम सिरहाको लाहान नगरपालिकाकी बिनिता कामती (नाम थर परिवर्तन)ले श्रीमान वैदेशिक रोजगारीमा गएपछि केसम्म भोग्नुपरेन । छरछिमेकले कुरा काट्ने थाले । आफ्नै परिवारका सदस्यबाट कुटाइ खानुपर्यो । आफ्नै श्रीमानले पनि शंकाले हेर्न थाले । कुरा गर्न बन्द गरे । घरमा पैसा पठाएनन् । यस्तो भएपछि बिनितालाई अब बाँचेर के गर्ने भन्ने सम्म लाग्न थाल्यो । वि.स. २०७२ सालमा बिनिताको र अनिल कामती (नाम थर परिवर्तन)को मागी बिहे भयो । पहिलो पटक छोरा जन्मेपछि वि.स. २०७३ सालमा अनिल वैदेशिक रोजगारीको लागि कतार जानुभयो । कतारमा ...

छ्याङदी हाइड्रोको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, हकप्रदको अनुमति कुर्दै

छ्याङदी हाइड्रोपावर लिमिटेडले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कम्पनीले लमजुङको दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा निर्माण गरेको माथिल्लो छ्याङदीखोला साना जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो  ।परिक्षण प्रक्रिया पुरा भई मंगलबार बिहानबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ ।  विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको भए पनि कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको कम्पनीले उल्लेख गरेको छ । रु ८० करोड ३५ लाखको लागतमा बिजुली उत्पादन भएको प्रबद्र्धक कम्पनी छ्याङदी हाइड्रोपावरले जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ । आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट एक हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिएको छ ।आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा तोकिएको छ । कम्पनीले हकप्रद निष्काशनको तयारी गरिरहेको छ । हाल कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाईसकेको छैन  । तर ३० प्रतिशत हकप्रदको लागि अनुमति नै नपाई कम्पनीले फेरी हकप्रद निष्काशन प्रस्ताव गरेको छ  । कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन पश्चात हुने चुक्ता पुंजी ३८ करोड ६९ लाखको ४० प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो  । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  ।

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। 'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो',