महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। 'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो',