धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वमा रमेशद्वयको चर्चा, नियुक्ति प्रक्रियामा एनसेल पनि जोडियो

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नेतृत्त्वको नियुक्तिलाई लिएर बजारमा नयाँ चर्चा सुरु भएको छ। नेतृत्त्वको लागि आवेदन दिएका मध्ये प्रधानमन्त्री शेरबहादुर देउवा निकटकाहरुलेनै नियुक्ति पाउने र यसको लागि दुरसंचार सेवा प्रदायक एनसेलले ठुलो लगानी गरिरहेको बजार चर्चा छ। धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १२ जना मध्ये सुदुरपश्चिम नै घर भएका र प्रधानमन्त्री निकट भएका रमेश हमालले नियुक्ति पाउने बताईएको छ। गैरआवासीय नेपाली अर्थात एनआरएन को 'स्ट्याटस' भएका हमाल बोर्ड अध्यक्ष बन्ने र उनको लागि एनसेलले लगानी गर्ने प्रतिबद्दता जनाएको स्रोतले जनाएको छ। स्रोतकाअनुसार हमाल अहिलेपनि विदेश नै रहेको र उनलाई नेपालको धितोपत्र बजारको सम्पूर्ण व्यवस्थापन मिलाउने गरि बोर्ड अध्यक्षमा नियुक्ति दिन लागिएको हो। हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव भएकाले उनी नेतृत्त्वमा आउँदा नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स खुलाउन सहज हुने बुझाई रहेको छ। स्रोतले भन्यो 'हिमालयन रि इन्स्योरेन्सकै शैलीमा पैसा उठाएर सरकारलाई बुझाउने गरि उनलाई नेतृत्त्वमा ल्याउन खोजिएको हो। हमालमाथि लगानी गरेर उनलाई बोर्ड अध्यक्ष बनाउदा भोलिका दिनमा प्रिमियममा सेयर बिक्रि गर्न पाउँदा राम्रो पैसा उठ्ने स्वार्थका कारण एनसेलले लगानी गर्न तयार भएको छ।'धितोपत्र बोर्डको अध्यक्षको लागि रमेश हमाल सहित अरु ११ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, एउटा मिडियाका मालिक तथा लेखक डा. केशव प्रसाद श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निकट तथा जापानबाट पीएचडी गरेका र तीन बर्ष धितोपत्र बोर्डमा अस्थायी जागिर गरेका जीवन अमगाई, अनिल पौडेल, कृष्ण आचार्य, प्रभु बैंकका पूर्व संचालक तथा म्यानपावर व्यवसायी अम्बिका शर्मा र शेयर बजारका आधारभूत विश्लेषकको रुपमा परिचित हेमन्त बस्यालले आवेदन दिएका छन्। यो पनि:- नेप्सेको सीईओ बन्न नेप्से भित्र कै २ सहित ११ जनाको आवेदन- धितोपत्र बोर्डको अध्यक्षमा १२ जनाको आवेदन, नेप्सेका पूर्व सीइओदेखि राष्ट्र बैंकका पूर्व इडीसम्म- सेयरबजारसँग साइनो नभएका व्यक्ति पनि सेबोनको अध्यक्षको दौडमा, १२ मध्ये कसको पल्ला भारी ?त्यस्तै नेपाल स्टक एक्सचेन्जमा पनि आवेदन दिएका मध्ये रमेश घिमिरेको नै सम्भावना बढी रहेको स्रोतको भनाई छ। पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव भएकाले पनि घिमिरेलाई आफ्नो लगानीमा नेप्से प्रमुख बनाउन एनसेल लागि परेको बताइन्छ। धितोपत्र बोर्ड र नेप्से दुवैमा आफ्नो मान्छे नियुक्ति गर्दा भोलि यहाँबाट हुने व्यवसाय र लाइसेन्सको ब्यापारमा राम्रो हिस्सा पाइने हुँदा प्रधानमन्त्री देउवा पनि उनीहरुलाई ल्याउन कन्भेन्स भएको र आइपीओ पनि प्रिमियम मुल्यमा ल्याउँदा पाउँदा कमाई बढ्ने भएकाले अहिले उनीहरुमा लगानी गर्दा फाइदा हुने निष्कर्षमा एनसेल लगानीको लागि तयार भएको स्रोतले जनाएको छ।नेप्सेको सीईओका लागि रमेश घिमिरे सहित अरु १० जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल र छवीराज पन्त रहेका छन्।

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोपमा धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १३ जना लगानीकर्ताको हस्ताक्षरसहित...

लगानीकर्ता सचेतना बढाउन धितोपत्र बोर्ड र महासंघबीच सहकार्य

पुँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । पुँजी बजारसम्बन्धी ज्ञान र अभिवृद्धिका लागि लगानीकर्ता...

निर्वाचन आयोगले सोध्यो धितोपत्र बोर्ड र बीमा समितिलाई स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड र बीमा समितिसँग स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता लागु भइरहेको अवस्थामा सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत लाइसेन्स वितरण गर्न खोजेको भन्ने विवरण सार्वजनिक भएकाले आयोगले स्पष्ट पार्न भनेको हो। आयोगले आचारसंहिता विपरीत दीर्घकालीन असर पार्ने क्रियाकलाप र योजना अघि नबढाउन भनेको छ। यस्तो अवस्थामा धितोपत्र बोर्ड […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

२ फागुन, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिका एक सदस्यका अनुसार सिफारिसको पहिलो नम्बरमा डा. रमेश हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेल रहेका छन् । यसअघि सर्टलिस्टमा परेका निरज गिरी र कटुवाल भने सिफारिसमा परेनन् ।

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहिबार एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत ११ कात्तिकमा एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

दुई महिनादेखि धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, दैनिक कामकारबाही प्रभावित

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) नेतृत्वविहीन भएको करिब दुई महिना बितिसक्दा पनि सरकारी निकायले कुनै चासो देखाउन सकेको छैन । नियामक नेतृत्वविहन हुँदा पुँजी बजारमा हुने पोलिसी निर्माणदेखि दैनिक...

धितोपत्र बोर्ड अगाडि शेयर लगानीकर्ताको धर्ना

५ असोज, काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अगाडि शेयर बजारका लगानीकर्ताहरुले धर्ना दिएका छन् । लगानीकर्ताहरुले १८ बुँदे माग राख्दै बोर्ड कार्यालय अगाडि पुगेर मंगलबार धर्नामा बसेका हुन् । उनीहरुले विभिन्न १८ बुँदे मागहरु अघि सारेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो अख्तियार दुरुपयोग गरी बजार घटाउन लागिरहेको […]