पुष्पा गाैतम
सिरहाको लाहान नगरपालिकाकी बिनिता कामती (नाम थर परिवर्तन)ले श्रीमान वैदेशिक रोजगारीमा गएपछि केसम्म भोग्नुपरेन । छरछिमेकले कुरा काट्ने थाले । आफ्नै परिवारका सदस्यबाट कुटाइ खानुपर्यो । आफ्नै श्रीमानले पनि शंकाले हेर्न थाले । कुरा गर्न बन्द गरे । घरमा पैसा पठाएनन् । यस्तो भएपछि बिनितालाई अब बाँचेर के गर्ने भन्ने सम्म लाग्न थाल्यो ।
वि.स. २०७२ सालमा बिनिताको र अनिल कामती (नाम थर परिवर्तन)को मागी बिहे भयो । पहिलो पटक छोरा जन्मेपछि वि.स. २०७३ सालमा अनिल वैदेशिक रोजगारीको लागि कतार जानुभयो । कतारमा ...