छ्याङदी हाइड्रोको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडियो, हकप्रदको अनुमति कुर्दै

छ्याङदी हाइड्रोपावर लिमिटेडले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कम्पनीले लमजुङको दोर्दी गाउँपालिका–७ र ८ को सिमानामा निर्माण गरेको माथिल्लो छ्याङदीखोला साना जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो  ।परिक्षण प्रक्रिया पुरा भई मंगलबार बिहानबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ ।  विसं २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम थालिएको भए पनि कोरोना सङ्क्रमणका कारण आयोजना एक वर्ष ढिला सकिएको कम्पनीले उल्लेख गरेको छ । रु ८० करोड ३५ लाखको लागतमा बिजुली उत्पादन भएको प्रबद्र्धक कम्पनी छ्याङदी हाइड्रोपावरले जनाएको छ । सो आयोजनामा बैंक अफ काठमाडौँ र कुमारी बैंकको ७५ प्रतिशत ऋण रहेको छ । आयोजनाको बाँधस्थलबाट सर्जट्याङसम्म दुई हजार ८७४ मिटर हेडरेस र सर्जट्याङबाट एक हजार ३५६ मिटर पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी फालिएको छ । यहाँबाट उत्पादित बिजुली उदिपुर सवस्टेशनमा जोडिएको छ ।आयोजनाले २०७४ असार २२ गते नेपाल विद्युत् प्राधिकरणसँग पिपिए सम्झौता गरेको थियो । सो सम्झौता अनुसार बर्खायाममा प्रतियुनिट मूल्य चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा तोकिएको छ । कम्पनीले हकप्रद निष्काशनको तयारी गरिरहेको छ । हाल कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । कम्पनीले बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाईसकेको छैन  । तर ३० प्रतिशत हकप्रदको लागि अनुमति नै नपाई कम्पनीले फेरी हकप्रद निष्काशन प्रस्ताव गरेको छ  । कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन पश्चात हुने चुक्ता पुंजी ३८ करोड ६९ लाखको ४० प्रतिशतले हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो  । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । 

सम्बन्धित सामग्री

हाइड्रोको आईपिओलाई अनुमति दिने विषयमा इप्पान र धितोपत्र बोर्डबीच छलफल

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले आईपिओ निष्काशनको अनुमति दिने विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । इपानलप संंयोजकत्वमा आईपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले आज आइतबार बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आईपिओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका हुन्।आईपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुको सम्बन्धमा बोर्डले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इपानले आज बोर्डका पदाधिकारीसँग भेट गरी यस्तो माग गरेको हो । जलबिद्युत कम्पनीहरुको आईपिओको सम्बन्धमा बोर्ड अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएको इपानले जनाएको छ।छलफलको क्रममा इपानले आईपियो जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको, निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको , आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको समस्याबारे अवगत गराएको छ ।आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बांै रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने कुरातर्फ इप्पानले धितोपत्र बोर्डका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको थियो ।जवाफमा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीएल जलविद्युत आयोजनाको आईपिओ निष्कासन सम्बन्धि फाइलहरु बोर्डबाट स्वीकृतिका लागि अगाडी बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा अर्थ मन्त्रालयका सचिवसंग बारम्बार छलफल भइरहेको जानकारी दिएको इपानले जनाएको छ। इप्पानले एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आईपियो निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन माग गरेको छ। साथै, यसको सुनुवाई एक हप्ताभित्र नभएमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

शिवश्री हाइड्रोको ८.२० मेगावाट बिजुली आगामी शुक्रबारदेखि प्रसारणलाइनमा

सिन्धुपाल्चोक : शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४, फुल्पीङ्कट्टीमा निर्माण गरिरहको अपर चाकु हाइड्रोपावरको उत्पादन मिति तय गरेको छ। हाइड्रोपावरले आउने शुक्रबारबाट ८ दशमलव २० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्ने भएको हो। आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी गत शुक्रबार नै परीक्षण प्रसारणको शुरुवात गरेको थियो। भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले त्यसको औपचारिक शुरुवात गरेका थिए। अहिले हिउँदको समयमा आयोजनाबाट ८ दशमलव २० मेगावाट बिजु