पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि तयारी थालेका काँग्रेस लगायतका दललाई राष्ट्रिय जनमोर्चाले जिल्याएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनको समयसीमा तोकेर दुई वा दुई भन्दा बढी दलहरूको सहमतिमा सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेस लगायतका दलले २८ जना सांसदका हस्ताक्षरसहित जनमोर्चाको प्रतिक्षा गरिरहेका छन् । तर, जनमोर्चाले सोमबार ११ बजे संसदीय दलको बैठक राखेकाले कार्यलय समयभित्रै निर्णय दिने बताएको भएपनि दिनभर फोन सम्पर