चर्चित इरानी अभिनेत्री अलिदोस्ती पक्राउ : सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोप

इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । अलिदोस्तीलाई पछिल्लो पटक भैरहेको प्रदर्शनमा समर्थन गरेको तथा झुट फैलाएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ । अभिनेत्री अलिदोस्तीले हिजाब विरुद्ध भैरहेको प्रदर्शनलाई समर्थन गरी गएको हप्ता इन्स्टाग्राममा हिजाब विनाको आफ्नो तस्बिर राखेकी थिइन् । साथै उनले इरान सरकारले मोहसेन शेकरीलाई दिएको मृत्युदण्ड सजायको पनि आलोचना गरेकी थिइन । इरानमा प्रहरीको हिरासतमा महसा अमिनीको ज्यान गएपछि प्रदर्शन भइरहेको छ । महिलाहरूको हि...