काठमाडौं : केन्द्रमा समीकरण फेरबदल भएसँगै प्रदेश सरकार पनि परिवर्तन हुने प्रचलन छ। तर, यसपटक अहिलेसम्म यस्तो भएको छैन। फागुन १२ गते ८ दलीय गठबन्धन ब्यूँतियो। नेकपा एमालेले केन्द्रमा गत फागुन १५ गते संघीय सरकारबाट बाहिरिने निर्णय गर्यो।सोही दिन एमालेका ८ जना मन्त्रीले राजीनामा बुझाए। सो सँगै एमालेले नेतृत्व गरेका तीन वटा प्रदेश सरकार पनि धर्मसंकटमा परे। तर, हालसम्म एमालेले निर्धक्क साथ सरकार सञ्चालन गरिरहेको छ। किनकि समर्थन गरेका कुनै पनि दलहरूले फिर्ता लिएका छैनन्। एमालेले तीन वटा