एमालेले समर्थन फिर्ता लिएमा सुदूरपश्चिममा अर्को सरकार बन्न कठिन हुने

काठमाण्डाै - नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा अर्को सरकार बन्न कठिन हुने देखिएको छ । हिजोको एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश कमिटीलाई निर्देशन दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्ने सम्भावना बढेको छ । तर नयाँ सरकार बन्न पनि उत्तिकै कठिन देखिएको छ । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा बहुमतको लागि २७ जना सदस्य आवश्यक पर्छ । जसमध्ये एमालेका सभामुखसहित २५ जना सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्रका १४ सांसदमध्ये झपट बोहरा एमालेमा प्रवे...

सम्बन्धित सामग्री

ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गर्नुभयो ।          प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उहाँले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताउनुभयो । कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमालेबाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै कठिन छ ।”          माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गर्नुभयो ।