नेपालीहरूको महान् पर्व दसैं, तिहार, छठको समाप्तिसँगै हरिबोधनी एकादशी अर्थात् तुलसी विवाह आउँछ । यो पर्वमा हिन्दू धर्मावलम्बीहरूले तुलसीको मठलाई सिँगारपटार गरी तुलसीको विवाह गरिदिने प्रचलन रहिआएको छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष आज कात्तिक १८ गते परेको छ । हरिबोधनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ […]