आर.बी बुढाथोकी
हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ ।
आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ । भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू धर्म शास्त्रका अनुसार कृष्ण भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्येका एक अवतार मानिन्छन् ।
भगवान् श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई ...