नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएका दशैँघर वा शक्तिपीठमा नवदुर्गाअन्तर्गतका शैलपुत्री, ब्रह्मचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी कालरात्रि, महागौरी र सिद्धिधात्रीका साथै महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधनागरिन्छ। यो समयमा गरिने देवीको उपासनाको महत्त्वबारे दुर्गासप्तशती (चण्डी) मा उल्लेख छ।यिनै शक्तिस्वरूपा भगवतीको आराधना गर्न क्रममा नवरात्रभरि विभिन्न शक्तिपीठ जाने परम्परा छ। शक्तिपीठको दर्शनको ठूलो महिमा बताइए