दसैं तिहारपछि मनाइने सबभन्दा ठूलो पर्व हो छठ । तराई मधेसका हिन्दू धर्मावलम्बीले मात्र मनाउने यो छठ पर्व अहिले हरेक समुदाय, हरेक जात, हरेक धर्मावलम्वीले मनाउन थालेका छन् । भारत, नेपालमा मात्र विशेष रुपमा मनाइने यो पर्व हाल अन्तराष्ट्रिय रुपमा मनाउन थालिएको छ । नेपाल र भारतका विभिन्न प्रदेशलगायत मरिसस, फिजी, अमेरिका, न्यूजील्यान्ड, बेलायत, दक्षिण अफ्रिका, ट्रिनिडाड, टोबागो, गुएना, जापान, सुरिनाम, जमैका, आयरल्यान्ड, अस्ट्रेलिया, मलेसिया, मकाउ, इन्डोनेसियालगायतका देशमा पनि छठ पर्व मनाउने गरिएको