काठमाडौं : बडादशैँअन्तर्गत नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक घटस्थापना गरिएका दशैँघरमा शैलपुत्री, ब्रह्मचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी कालरात्रि, महागौरी र सिद्धिधात्रीको पूजाअर्चना गरिन्छ। साथै महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। यिनै शक्तिस्वरूपा भगवतीको आराधना गर्न क्रममा नवरात्रभरि विभिन्न शक्तिपीठ जाने परम्परा छ।शक्तिपीठको दर्शनको ठूलो महिमा बताइएको छ। शक्तिपीठको दर्शनले आध्यात्मिक शान्