भूकम्पको पुनर्निर्माणमा ६९ अर्ब लाग्ने, सघाउन साझेदारलाई आह्वान

काठमाडौँ : जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि ६९ अर्ब लाग्ने अनुमान गरिएको छ। आज सिंहदरबारमा भएको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतसामु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले पुनर्निर्माण र पुन:स्थापनका लागि उक्त रकम आवश्यक भएको बताएका हुन्। तीन जिल्लामा क्षति हुने गरी गएको भूकम्पको क्षति लेखाजोखा र आवश्यकता आँकलनको प्रारम्भिक सारांश प्रस्तुत गर्दै उनले पुनर्निर्माणमा करिब ६९ अर्ब लाग्ने जानकारी गराएका हुन्।अर्थ मन्त्राल

सम्बन्धित सामग्री

बेरोजगारलाई पुनर्निर्माणमा जोड्छौँ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बेरोजगारलाई भूकम्पपछिको पुनर्निर्माणमा जोड्ने गरी तयारी भइरहेको बताएका छन् । ‘पुनर्निर्माणमा ठूलो जनशक्ति आवश्यक पर्छ, स्थानीय जनशक्तिलाई नै प्रयोग गरिन्छ, धेरै आत्तिनुपर्ने अवस्था छैन,’ नयाँ पत्रिकासँग कुरा...

विद्यालय भवन पुनर्निर्माणमा अनियमितता

काठमाडौं । विद्यालय भवन पुनर्निर्माणमा ७० लाख रुपैयाँ अनियमित भएको भन्दै आवश्य छनबिन गरि अनियमित कार्यमा समलग्न व्यक्तिहरु माथी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका ३ स्थित श्री महेन्द्र कान्ति माध्यामिक विद्यालयको भवन २०७२ सालको भूकम्पले पुर्ण रुपमा क्षती पुर्याको हुँदा उक्त विद्यालय भवन पुनर्निर्माणको […]

जालेबगर सडक पुनर्निर्माणमा ढिलाई, राजमार्ग बन्द हुने चिन्ता

बझाङ : बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगर सडक पुनर्निर्माणमा ढिलाई भएकाे छ।बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ।ढिलासुस्तीले जिल्ला नै यातायात विहीन हुने खतरा बढेको हो। जालेबगर सडक खण्डमा सेती नदीको बाढीले करिब चार सय मिटर सडक पूर्णरुपमा बगाएको थियो। सडक बगाएपछि कात्तिक महिनाभर बझाङ सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका, सुर्मा, तलकोट, मष्टा, साइपाल, खप्तडछान्ना र छबिसपा

भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले गरेको काम उत्कृष्ट : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका छन् । भूकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका हुन् । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने सबै दातृ निकायहरुलाई अर्थमन्त्री शर्माले धन्यवाद दिए । […]

लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

भूकम्प गएको ६ वर्षमा लमजुङमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएको छ । आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान...

पुनर्निर्माणमा एक वर्षमा करिव ५३ अर्ब खर्च

काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोभिड महामारीलगायतका समस्याका बाबजुद गत आर्थिक वर्ष २०७७/७८ मा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको दाबी गरेको छ।निजी आवासतर्फ विनियोजित कुल बजेट २३अर्ब ८४ करोड ८८लाखमध्ये २१अर्ब५६करोड८लाख रुपैयाँ खर्च भएको छ।यो भनेको कुल बजेटको ९०.४१ प्रतिशत हो। समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७०अर्ब ३५करोड८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२अर्ब९७करोड७१लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जानकारी दिएको छ।

कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलनमा

२ असार, काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरु काम रोकेर आन्दोलनमा उत्रिएका छन् । शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब-इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय […]

पुनर्निर्माणमा खटिएका प्राविधिकका माग सम्बोधन हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी र विभिन्न माग राखेर पुनर्निर्माणमा खटिएका प्राविधिकका प्रतिनिधिबीच भएको छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोमबारको छलफलपछि उत्साहका साथ पुनर्निर्माणमा क्रियाशील हुने समझदारी बनेको बताए ।छलफलका क्रममा घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकबाट जानकारी गराइएको थियो […]

पुनर्निर्माणमा खटिएका प्राविधिकका मागबारे यस्तो भयो सहमति

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरू र पुनर्निर्माणमा खटिएका प्राविधिकहरूका प्रतिनिधिबीच आज सहमति भएको छ। छलफलका क्रममा घाइते प्राविधिकहरुले पाउने बीमा सुविधा हालसम्म प्राप्त नभएको जानकारी गराइएको थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार बीमा सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बीमा कम्पनीसँग आवश्यक समन्वय गरी प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने समझदारी बनेको छ।