कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलनमा

२ असार, काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरु काम रोकेर आन्दोलनमा उत्रिएका छन् । शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब-इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय […]

सम्बन्धित सामग्री

पुनर्निर्माणका प्राविधिकले साउनदेखिको सुविधा बल्ल पाए

काठमाडौं । पुनर्निर्माणमा खटिएका ४ हजार प्राविधिक कर्मचारीले चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखिको सुविधा बल्ल पाएका छन् । सरकारले चालू आवको साउनदेखिको सञ्चार तथा यातायात खर्चबापतको ८ करोड ३४ लाख रकम बुधवार निकासा गरेसँगै उनीहरूले रोकिएको यस्तो रकम पाउने निश्चित भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले १ वर्षदेखि पाउन बाँकी रहेको उक्त रकम निकासा भएको जानकारी दिएको हो । नयाँ सरकार आएसँगै अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्मा र सम्बन्धित अधिकारीसहित बुधवार बसेको बैठकको निर्णय अनुसार उक्त बजेट निकासा गरिएको हो । यसैगरी पुनर्निर्माणमा खटिएका ती प्राविधिक तथा इन्जिनियरहरूको करार अवधि पनि कात्तिक मसान्तसम्म थप भएको प्राधिकरणका कार्यकारी समितिका सदस्य हरिराम पराजुलीले जानकारी दिए । उनले सोही बैठकले यस्तो निर्णय गरेको बताए । प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)तर्फका इन्जिनियरले विभिन्न माग राखेर यही असार १० गतेदेखि सिंहदरबार घेराउ गर्ने लगायत कार्यक्रमसहित आन्दोलन गरेका थिए । त्यसपछि असार १३ गते नै प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरूले पाउने निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । सोहीअनुसार सरकारले उक्त रकम निकासा गरिदिएको छ । आन्दोलनमा रहँदा उनीहरूले सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता नियम अनुसार चालू आवको साउनदेखिकै उपलब्ध गराउन माग राखेका थिए । चालू आवको असार मसान्तसम्ममा प्राविधिकको करार अवधि रहे पनि कोरोना महामारीका कारण पुनर्निर्माणमा बाधा आएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिले पुनर्निर्माणका काम कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले पुनर्निर्माणतर्फ निजी आवास पुनर्निर्माणको काम चालू आवभित्रै सम्पन्न गर्ने तयारी गरेको थियो । त्यससँगै भवनतर्फ कार्यरत इन्जिनियर तथा प्राविधिकको करार अवधि स्वतः सकिँदै थियो । तर, पुनर्निर्माणको अवधि पनि बढेको भन्दै बुधवार बसेको बैठकले प्राविधिकको करार अवधि पनि कात्तिक मसान्तसम्म थपेको हो । प्राधिकरणको तथ्यांकअनुसार २०७२ वैशाखको भूकम्पबाट क्षति भएकामध्ये हालसम्म ६ लाख ११ हजार ६४८ घर बनिसकेका छन् भने निजी आवास बनाउन हालसम्म ८ लाख २३ हजार ३३३ लाभग्राहीसँग सम्झौता भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियर पक्राउ

असार ११, काठमाडौं । सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।  उनीहरुलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला पुगेका थिए । माइतीघर मण्डलामा आइपुगेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

काठमाडौँ। सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको गरेको छ । बबरमहलबाट प्रदर्शन गर्दै माइतीघर मण्डला आइपुगेका उनीहरूलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरू ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका […]

पुनर्निर्माणका प्राविधिक आन्दोलित, काम ठप्प

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका प्राविधिकहरू आन्दोलनमा उत्रिएका छन् । कार्यक्षेत्र छाडेर जिल्ला सदरमुकाम आएका प्राविधिकले नियुक्तिपत्रमा उल्लेख भएबमोजिम सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत उनीहरूले सोमबार जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा ताला लगाए थिए । प्राविधिकले लगाएको ताला प्रहरीले तत्कालै तोडेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफूहरूको मागलाई बेवास्ता गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको इन्जिनियर गणेश गिरीले बताए ।

पुनर्निर्माणका लागि खटाइएका इन्जिनियर क्याम्पसमा !

२३ असोज, काठमाडौं । भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा खटिएका इञ्जिनियरलगायतका प्राविधिक कर्मचारी कार्यक्षेत्रमा नगएर नियमित कलेज अध्ययन गरिरहेको भेटिएको छ । प्राविधिक कर्मचारीले जिम्मेवारीवहन नगरेको भेटिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसमाथि छानबिन थालेको छ । भूकम्पबाट प्रभावित …