बझाङ : बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगर सडक पुनर्निर्माणमा ढिलाई भएकाे छ।बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ।ढिलासुस्तीले जिल्ला नै यातायात विहीन हुने खतरा बढेको हो। जालेबगर सडक खण्डमा सेती नदीको बाढीले करिब चार सय मिटर सडक पूर्णरुपमा बगाएको थियो। सडक बगाएपछि कात्तिक महिनाभर बझाङ सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिका, सुर्मा, तलकोट, मष्टा, साइपाल, खप्तडछान्ना र छबिसपा