पुनर्निर्माणमा एक वर्षमा करिव ५३ अर्ब खर्च

काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोभिड महामारीलगायतका समस्याका बाबजुद गत आर्थिक वर्ष २०७७/७८ मा पुनर्निर्माणमा उल्लेखनीय वित्तीय प्रगति भएको दाबी गरेको छ।निजी आवासतर्फ विनियोजित कुल बजेट २३अर्ब ८४ करोड ८८लाखमध्ये २१अर्ब५६करोड८लाख रुपैयाँ खर्च भएको छ।यो भनेको कुल बजेटको ९०.४१ प्रतिशत हो। समग्रमा पुनर्निर्माण कार्यका लागि विनियोजित बजेट ७०अर्ब ३५करोड८७ लाख रुपैयाँमध्ये ७५.३० प्रतिशत अर्थात् ५२अर्ब९७करोड७१लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

धरहरा पुनर्निर्माणमा पाँचौँपटक म्याद थपिँदै

४२ रोपनीमा फैलिएको धरहराको लागत अनुमान तीन अर्ब आठ करोड छ । जसमध्ये साढे दुई अर्ब अर्थात् ७९ प्रतिशत रकमको काम सम्पन्न । दुई वर्षमा सक्ने गरी कात्तिक ०७५ मा सुरु...

निजी आवास पुनर्निर्माणमा २० अर्ब खर्च

भूकम्पपछिको निजी अवास पुनर्निर्माणको ६ वर्षमा यस जिल्लामा २० अर्ब ८ करोड ३७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । भूकम्पले भत्काएका घर पुनर्निर्माण, प्रबलीकरण (मर्मत) तथा जोखिम बस्ती र भूमिहीनलाई जग्गा खरिदका लागि उक्त रकम खर्च भएको हो ।

लमजुङका निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

लमजुङमा भूकम्प गएको ६ वर्षमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएका छन् । विनाशकारी भूकम्पपछि निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन...

लमजुङमा निजी आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च

भूकम्प गएको ६ वर्षमा लमजुङमा १० हजार चार सय ४४ घर पुनर्निर्माण भएको छ । आवास पुनर्निर्माणमा साढे तीन अर्ब खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान...

साढे २१ अर्ब खर्च हुँदा थपिए १ लाख निजी आवास

काठमाडौं (अस) । भूकम्पपछिको निजी आवास पुनर्निर्माणका क्रममा १ लाख ७ हजार ३५२ घर थपिएका छन् । गत आर्थिक वर्ष २०७७÷७८ मा निजी आवास निर्माणका लागि मात्रै २१ अर्ब ५३ करोड खर्च हुँदा ती संख्याका निजी आवास लाभग्राहीले निर्माण गरेका हुन् । यससँगै हालसम्म ६ लाख १५ हजार ४९३ निजी आवास बनेको मंगलवार आयोजना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वार्षिक समीक्षा गोष्ठी जानकारी दिइएको हो । गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् । कोभिड महामारीलगायत समस्याकै बीच गत आर्थिक वर्षमा पुनर्निर्माणमा उल्लेख्य वित्तीय प्रगति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार निजी आवासतर्फ विनियोजित कुल बजेट २३ अर्ब ८४ करोडमध्ये २१ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । यद्यपि समग्रमा पुनर्निर्माण कार्यका लागि भने गत आवमा ७० अर्ब ३५ करोड ८७ लाख बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ७५ दशमलव ३० प्रतिशत अर्थात् ५२ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सार्वजनिक तथा ऐतिहासिक संरचनाको पुनर्निर्माणमा पनि उल्लेख्य प्रगति भएको छ । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो भने सिंहदरबारको पश्चिमबाहेकका मोहडाहरू र धरहरा स्तम्भको पुनर्निर्माण पनि सम्पन्न भएको छ । गत आवमै काठमाडौं जमलस्थित ऐतिहासिक दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न भएर अध्ययन–अध्यापन शुरू भएको छ । प्राधिकरणले यो अवधिमा ४६ हजार ३०० गुनासोकर्ताले प्राधिकरणको पुनरावेदन समितिसमक्ष लाभग्राही कायम गरिदिन निवेदन दिएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार गत आवमा ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार १० जनाले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् । उक्त आर्थिक वर्षमा थप ५८९ ओटा विद्यालय, ५३ ओटा स्वास्थ्य संस्था, १३३ ओटा सांस्कृतिक सम्पदा र ९ ओटा सरकारी भवनको पुनर्निर्माण भएको गोष्ठीमा जानकारी दिइएको छ । यसै अवधिमा पुनर्निर्माण भइरहेका सुरक्षा निकायका ९ ओटा भवनको पनि पुनर्निर्माण सम्पन्न भएको छ । योसँगै प्राधिकरणबाट पुनर्निर्माण हुने निश्चित भएका सुरक्षा निकायका २१६ ओटै भवनको पुनर्निर्माण सकिएको छ । गोष्ठीमा ज्ञवालीले प्राधिकरणको बाँकी अवधिमा निजी आवास पुनर्निर्माण गर्न इच्छुक लाभग्राहीलाई सहजीकरण गर्दै निजी आवासका मूलभूत कार्य सम्पन्न गर्ने बताए ।

उद्घाटन भइसकेका आयोजनालाई २ अर्बभन्दा बढी बजेट

२७ जेठ, काठमाडौं । उद्घाटन भइसकेका आयोजनालाई आगामी वर्षका लागि सरकारले करिब २ अर्ब रुपैयाँ खर्चिनुपर्ने भएको छ । उद्घाटन भइसके पनि काम नसकिएका कारण सरकारले मेलम्ची खानेपानी आयोजना र धरहरा पुनर्निर्माणमा आगामी आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने देखिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पद धरापमा परेपछि काम नसकिए पनि यी […]

पर्वतमा ६ वर्षमा ३ हजार घर निर्माण

पर्वत । पर्वतमा भूकम्प गएको ६ वर्षमा ३ हजार ४४४ निजी आवास पुनर्निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन, इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनर्निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको बताएको छ । जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको संख्या ५ हजार ८७६ रहेको छ । यीमध्ये केही प्रबलीकरणतर्फका लाभग्राही हुन् । पुनर्निर्माणका लागि कार्यालयले अहिलेसम्म १ अर्ब ३३ करोड २० लाख रुपैयाँ लगानी भएको बताएको छ । पूर्णक्षति भएका लाभग्राहीलाई कार्यालयले तीन किस्तामा कुल ३ लाख रुपैयाँ र प्रबलीकरण गर्नुपर्ने लाभग्राहीलाई १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । जिल्ला आयोजना कार्यालयका प्रमुख कृष्णराज गौतमले आगामी असार मसान्तसम्ममा जिल्लामा पुनर्निर्माणको काम सक्नुपर्ने दायित्व रहेको बताए । प्रबलीकरणतर्फ कसैले पनि काम नगरेकाले भौतिक प्रगति बढ्न नसकेको उनले जानकारी दिए । कार्यालयले ३४८ जनाले प्रबलीकरणबाट पुनर्निर्माणमा र १३० जनाले प्रबलीकरणबाट मर्मतमा परिवर्तन गरेको बताएको छ । सडक पुनर्निर्माणको सूचीमा रहेका पातीचौर, मैदान लप्सीबोट सडक ३ किलोमिटर ७०० मिटर कालोपत्र गर्ने काम भने गतिका साथ अगाडि बढ्न सकेको छैन । यस सडकको केही खण्डमा ढलान गर्ने र नाली बनाउने काम बाहेक अरू काम अगाडि नबढेको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ । २०७२ वैशाख १२ को भूकम्पका कारण घर भत्किए पनि प्राविधिकले मूल्यांकन गर्दा क्षतिको सूचीमा नपारेको भन्दै जिल्लाका १ हजार ५ सय ९० जनाले प्राधिकरणका विरुद्धमा मुद्दा दर्ता गरेका छन् । ती मुद्दाको किनारा लाग्न केही समय लाग्ने पनि कार्यालयले बताएको छ । लाभग्राहीले घर बनाउने कामलाई चासोका साथ नलिएको कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माले बताए । भनेको बेला डकर्मी, सिकर्मी नपाउने, मूल्यांकनका लागि प्राविधिक नआउने कारण काम गर्न अप्ठ्यारो भएको लाभग्राहीले गुनासो गर्दै आएका छन् ।

निजी आवास पुनर्निर्माण ९० प्रतिशतभन्दा बढी

पुनर्निर्माण प्राधिकरणको पाँच वर्ष पूरापुनर्निर्माण प्राधिकरण स्थापनापछिका पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको छ । सो अवधिमा ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भएको छ ।प्राधिकरणको पाँच वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरिएकोमा ७० […]

भूकम्पपछि पुनर्निर्माणका पाँच वर्ष : तीन खर्बभन्दा बढीको भौतिक संरचना

भूकम्पपछि पुनर्निर्माणको पाँच वर्षमा तीन खर्ब ३९ अर्ब रुपियाँ लागतमा भौतिक संरचना बनेको छ । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाका लागि कुल चार खर्ब ८८ अर्ब रुपियाँ बजेट आवश्यकता हुने आकलन गरिएको थियो । हालसम्म खर्च भएको रकमबाट भूकम्पपछिको निजी आवास निर्माण, शिक्षण संस्था, स्वास्थ्य संस्था, सम्पदा, सरकारी तथा सुरक्षा निकायका भवन, सडक तथा खानेपानीका स्रोतको नवनिर्माण तथा पुनर्निर्माणमा समग्र ९० प्रतिशत प्रगति हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ  ।

चार वर्षमा पुनर्निर्माणको प्रगति ३२ प्रतिशत मात्र

२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा जम्मा ३२ प्रतिशत मात्र उपलब्धि देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार प्राधिकरण गठनपछिको ४० महिनाको प्रगति सार्वजनिक गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो । भूकम्पपछिको चार वर्षमा ३२.११ प्रतिशतमात्र प्रगति भएको देखाएको छ । खर्चतर्फ भने कुल सुरुको लागत अनुमान ९ खर्ब ३८ अर्बको २५.२६ प्रतिशत तथा हालसम्म विनियोजित बजेटमध्ये ५१ प्रतिशतमात्र खर्च भएको छ । हाल प्राधिकरणले कुल लागत अनुमान संशोधन गरेर ७ खर्ब ३७ अर्ब लाग्ने उल्लेख गरेको छ ।