पुनर्निर्माणमा खटिएका प्राविधिकका मागबारे यस्तो भयो सहमति

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरू र पुनर्निर्माणमा खटिएका प्राविधिकहरूका प्रतिनिधिबीच आज सहमति भएको छ। छलफलका क्रममा घाइते प्राविधिकहरुले पाउने बीमा सुविधा हालसम्म प्राप्त नभएको जानकारी गराइएको थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार बीमा सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बीमा कम्पनीसँग आवश्यक समन्वय गरी प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने समझदारी बनेको छ।

सम्बन्धित सामग्री

पुनर्निर्माणमा खटिएका प्राविधिकको संचार तथा यातायात खर्च निकासा

काठमाडौं, ३१ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको संचार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालु आर्थिक वर्ष २०७७र७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो । लामो समयदेखि निकासा हुन नसकेको संचार तथा यातायात खर्च बुधबार अर्थ […]

पुनर्निर्माणमा खटिएका प्राविधिकको ८ करोड ३४ लाख सञ्चार तथा यातायात खर्च निकासा

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको सञ्चार तथा यातायात खर्च निकासा गरेको छ। भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो। लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे।

पुनर्निर्माणमा खटिएका प्राविधिकका लागि संचार तथा यातायात खर्च निकासा

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको संचार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालु आर्थिक वर्ष २०७७/७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो । लामो समयदेखि निकासा हुन नसकेको संचार तथा…

पुनर्निर्माणमा खटिएका प्राविधिकका लागि संचार तथा यातायात खर्च निकासा

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको संचार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालु आर्थिक वर्ष २०७७/७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो । लामो समयदेखि निकासा हुन नसकेको संचार तथा…

पुनर्निर्माणमा खटिएका प्राविधिकको संचार तथा यातायात खर्च निकासा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको संचार तथा यातायात खर्च निकासा भएको छ ।

कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर आन्दोलनमा

२ असार, काठमाडौं । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरु काम रोकेर आन्दोलनमा उत्रिएका छन् । शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब-इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय […]

पुनर्निर्माणमा खटिएका प्राविधिकका माग सम्बोधन हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी र विभिन्न माग राखेर पुनर्निर्माणमा खटिएका प्राविधिकका प्रतिनिधिबीच भएको छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोमबारको छलफलपछि उत्साहका साथ पुनर्निर्माणमा क्रियाशील हुने समझदारी बनेको बताए ।छलफलका क्रममा घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकबाट जानकारी गराइएको थियो […]

पुनर्निर्माणमा खटिएका प्राविधिकका मागबारे समझदारी

काठमाडौं (अस) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीहरू र विभिन्न माग राख्दै आएका पुनर्निर्माणमा खटिएका प्राविधिकका प्रतिनिधिबीच समझदारी  भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोमबारको छलफलपछि समझदारीमा पुगिएको बताए । छलफलममा घाइते प्राविधिकले पाउने बीमा सुविधा हालसम्म प्राप्त नभएकाले उक्त सुविधा उपलब्ध गराउन प्राधिकरणको प्रशासन महाशाखाले सम्बन्धित बीमा कम्पनीसँग आवश्यक समन्वय गर्ने सहमति भएको छ । प्राधिकरणले पुनर्निर्माणमा खटिएका सबै प्राविधिकको बीमाका लागि प्रिमियम बुझाइसकेको छ । केही समयअघि ओखलढुंगाको मोलुङ गाउँपालिका–७ मा कार्यरत इञ्जिनियर राजा साहको निधन भएकामा उनको परिवारलाई सहयोग गर्ने समझदारी भएको प्राधिकरणले बताएको छ । सरकारले कोभिड–१९ महामारीका कारण चालु आर्थिक वर्षको बजेटमै सबै कर्मचारीको प्रोत्साहन भत्ता कटौती गरेकाले पुनर्निर्माणमा खटिएका प्राविधिकका लागि मात्र माग गर्नु उपर्युक्त नहुने धारणा प्राधिकरणका अधिकारीले राखेका थिए । दुर्गम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने निष्कर्ष निकालिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । सदरमुकामभन्दा बाहिर रहेका प्राविधिकलाई यातायात, टेलिफोन तथा इन्टरनेटको खर्च व्यवस्थापन गर्ने  आश्वासन प्राधिकरणले दिएको छ । पुनर्निर्माणमा खटिएका सबै प्राविधिकको विवरण समेटेर रोस्टर तयारीको काम अगाडि बढिसकेको प्राधिकरणले जनाएको छ । प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष इञ्जिनियर अविनाश अमरले प्राधिकरणमा भएको छलफल सकारात्मक रहेकाले माग पूरा हुने विश्वास बढेको बताए ।

पुनर्निर्माणमा खटिएका प्राविधिक भूकम्पपीडितको ६ लाख उठाएर फरार

निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिक नै भूकम्पपीडितको ६ लाख उठाएर फरार भएका छन् । शैलुङ गाउँपालिकामा

पुनर्निर्माणमा खटिएका प्राविधिकहरुद्वारा आन्दोलन स्थगित

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी