पुनर्निर्माणमा खटिएका प्राविधिकका माग सम्बोधन हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी र विभिन्न माग राखेर पुनर्निर्माणमा खटिएका प्राविधिकका प्रतिनिधिबीच भएको छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोमबारको छलफलपछि उत्साहका साथ पुनर्निर्माणमा क्रियाशील हुने समझदारी बनेको बताए ।छलफलका क्रममा घाइते प्राविधिकले पाउने भनी निश्चित भएको बिमा सुविधा हालसम्म प्राप्त नभएको प्राविधिकबाट जानकारी गराइएको थियो […]