सुनचाँदी व्यवसायीबीच सबै खालका कारोबार र व्यावसायिक गतिविधिमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा सोेमबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो ।यो निर्णयसँगै सुनको आपूर्ति तथा बिक्रीवितरण, मूल्य निर्धारण प्रकृया, बिक्री पछिको खरिद प्रकृया, ज्याला, जर्ति तथा टोलरेन्सलगायतका विषयमा व्यवसायीबीच एकरुपता आउने बताइएको छ […]
काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पोखरामा दुईदिने गोष्ठी सम्पन्न गरेको छ। महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने बताए। मन्त्री शर्माले आफ्नो गृहजिल्ला बाग्लुङमा अधिकांश […]
सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।आफ्नो व्यवसायिक सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ एकजुट हुने भएका हुन् । रत्न तथा भुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन् ।कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्
नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रामप्रसाद विश्वकर्माले कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव तथा सुुन आयातमा लगाइएको कोटाले व्यवसाय जटिल अवस्थामा पुगेको बताउनुभयो ।
काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अध्यक्ष रमेश महर्जनको निधनले महासंघलाई अपूरणीय क्षति भएको जनाएको छ। प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले महासंघको तर्फबाट शोक वक्तव्य जारी गर्दै अध्यक्ष महर्जनको निधनले महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको उल्लेख गरेका छन्। उनको निधनबाट राष्ट्रले समेत एउटा होनाहार उद्यमी व्यवसायी एवं समाजसेवी गुमाएको उनले […]
सुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए । महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो ह
आर्थिक वर्ष ०७८/७९ का लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न सुझाब दिएको छ । महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जीवित गर्न सक्ने मौद्रिक नीति...
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ । महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन बिक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा बिक्री–वितरण नभएको सुनको
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटको स्वागत गरेको छ । बजेटले कोरोना महामारीको मारबाट शिथिल बनेको उद्योग, वाणिज्य लगायत अर्थतन्त्र र सामाजिक जन–जीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरोत्थानका लागि गरिएको प्रक्षेपणसहितको पहल अत्यन्त व्यावहारिक र सकारात्मक भएको भन्दै महासंघले स्वागत गरेको हो […]