युरोप रोजगारीमा संस्थागत रूपमा पठाउने बाटो खुले अहिले बढेको ठगी रोकिन्छ

पछिल्लो समय युरोपका देशको प्रलोभन देखाएर ठगीहरू निकै बढेको कुरा आइहरेको छ । यसका विविध पक्ष छन् । तर पछिल्लो समय भइरहेको समस्या चाहिँ के हो त भन्दा अहिले वैदेशिक रोजगार व्यवसायीले संस्थागत रूपमा युरोपका देशमा श्रमिक पठाउन सकेको अवस्था छैन । पछिल्लो समय युरोपका देशमा रहेका नेपाली नियोगहरूले मागपत्र प्रमाणीकरणको काम रो...

सम्बन्धित सामग्री

जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीलाई मलेसिया पठाउने तयारी

प्रहरी महानिरीक्षक वसन्त कुँवरले ३ महिनाअघि गृहलाई पत्राचार गरेको र अहिले प्रक्रिया अघि बढेको नेपाल प्रेसलाई बताए ।

युरोप रोजगारीमा संस्थागत रूपमा पठाउने बाटो खुले अहिले बढेको ठगी रोकिन्छ

पछिल्लो समय युरोपका देशको प्रलोभन देखाएर ठगीहरू निकै बढेको कुरा आइहरेको छ । यसका विविध पक्ष छन् । तर पछिल्लो समय भइरहेको समस्या चाहिँ के हो त भन्दा अहिले वैदेशिक रोजगार व्यवसायीले संस्थागत रूपमा युरोपका देशमा श्रमिक पठाउन सकेको अवस्था छैन । पछिल्लो समय युरोपका देशमा रहेका नेपाली नियोगहरूले मागपत्र प्रमाणीकरणको काम रोकेका छन् । अब मागपत्र प्रमाणीकरण भयो भने न संस्थागत रूपमा कामको माग आउँछ र संस्थागत रूपमा जाँदा ठगी भइहाल्यो पनि कानुनी रूपमा सहज हुन्छ ।  तर युरोपका कतिपय देशमा नेपाली नियोगहरू छैनन् । जुन ...

विकृतिका चाङमाथि सुधारको प्रयास !

यतिखेर देशभरि नै सरकारले कामै गरेन, कुन कामलाई तत्काल गर्नुपर्ने हो त्यतातिर ध्यान गएन भनेर चौतर्फी निराशा छाएको पाइन्छ । हुन पनि बढ्दो भ्रष्टाचार, महँगी, सरकारी सेवालगायत सुशासनको समग्र पक्षलाई हेर्ने हो भने आमसर्वसाधारणको वितृष्णाप्रति असहमति हुने ठाउँ छैन । यति हुँदाहुँदै पनि देशमा व्याप्त विकृति सुधार गर्न केही न केही प्रयास भने भइरहेको देखिन्छ । खासगरी भ्रष्टाचारका ठूलाठूला फाइल खोल्ने प्रयास गरिएको छ । तीमध्येको एउटा उदाहरणको रूपमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनालाई लिन सकिन्छ । उक्त घटनामा संलग्न भएको आरोपमा पटकपटक शासन सत्तामा पुगेका पहुँचवाला व्यक्ति पक्राउ परिसकेका छन् । अझैं अन्य उपल्लो तहका व्यक्तिहरू उक्त घटनामा संलग्न रहेको अनुमान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी लडाकू शिविरमा भएको भनिएको भ्रष्टाचारको खण्डन गर्दै अडिट रिपोर्ट सार्वजनिक गर्न सकिने बताउनुभएको छ । प्रधानमन्त्रीले साँच्चिकै उक्त घटनाको अडिट रिपोर्ट सार्वजनिक गर्नुभयो भने आमजनताले चित्त बुझाउन सक्छन्, जुन कुरा सकारात्मक हो । विगतमा नेपालमा भ्रष्टाचार र सुशासनसँग जोडिएका थुप्रै घटना सार्वजनिक भएका छन् । कहिले बालुवाटार काण्ड, कहिले ओम्नी, कहिले वाइड बडी काण्ड सार्वजनिक भएका छन् । तर, त्यस्ता घटना चर्चामा आउने र त्यत्तिकै सेलाउने गरेका छन् । दोषीलाई कारबाही नगरी त्यत्तिकै छाडिएका कारण जनतामा विृतष्णा बढेको हो । त्यसैले सरकारले अहिले जसरी भ्रष्टाचारका फाइल खोजेर दोषीलाई कारबाही गर्ने भनेको छ, त्यसमा कुनै पनि हालतमा कञ्जुस्याइँ गर्नु हुँदैन । प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेका सबैलाई कारबाही मात्र गर्न सक्यो भने पनि त्यसले जनतामा बढ्दो निराशा कम गर्न सहयोग पुग्छ । प्रधानमन्त्रीले लडाकू शिविरमा वितरण गरेको रकमको अडिट रिपोर्ट सार्वजनिक गर्नुभयो भने त झनै राम्रो भयो । अहिलेको सरकारले यस्तै २, ४ ओटा ठूला भ्रष्टाचारका फाइललाई टुंगोमा पुर्‍यायो भने यसपछि आउने सरकारलाई पनि केही न केही काम गर्नुपर्ने बाध्यता हुन्छ । दोषी कारबाहीमा पर्न थालेपछि गल्ती गर्दा कारबाही हुन्छ भन्ने मनोविज्ञानले काम गर्छ र यसले गर्दा आशाको सञ्चार हुन्छ । त्यसैले अहिले नै निराश नभई देशमा केही भइरहेको छ भनेर महसूस गर्नुपर्छ । कुनै पनि घटनालाई लुकाएर राख्नुभन्दा सत्यतथ्य बाहिर ल्याउनु बढी श्रेयकर हुन्छ ।

विप्रेषण र कूटनीति

फागुनमा मात्रै ९९ हजार ८३९ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका छन् । यो भनेको दैनिक औसत ३ हजार ३२७ नेपाली रोजगारीका लागि विदेश पसेको तथ्यांक हो । अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्या पनि यसैगरी अचाक्ली बढेको छ । तर, नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विषयको आर्थिक पक्षबारे प्रशस्त परिचर्चा हुने गरे पनि त्यसको कूटनीतिक अर्थ र समस्याबारे खासै चर्चा हुने गरेको पाइँदैन । देश समृद्ध बन्न युवाशक्तिलाई स्वदेशमा रोजगारी दिनुपर्छ । त्यति हुन नसकेको बेला सरकारले विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्र्याएर स्वदेशमा उद्योग, कारखाना स्थापना गरी रोजगारी सृजना गर्नुपर्ने हो । तर, नेपालमा यी दुईओटै काम हुन नसकेपछि श्रम गर्ने उमेरका युवायुवती वैदेशिक रोजगारीमा जान बाध्य छन् । त्यसैले तत्काल रोजगारीका लागि विदेश जानेलाई रोक्नसक्ने अवस्था देखिँदैन । तर, पछिल्लो तथ्यांक हेर्दा वैदेशिक रोजगारीबाट अनेक समस्या देखिन सक्ने जोखिम देखिएको छ । पहिलो, विप्रेषण अर्थतन्त्रको दीर्घकालीन हितमा नहुने र दोस्रो, श्रम निर्यातका कारण विभिन्न मुलुकसँगको कूटनीतिक सम्बन्ध बिग्रनु हुँदैन । उदाहरणका लागि श्रमस्वीकृति लिने अधिकांश युवायुवती खाडी मुलुक र मलेशिया जाने गरेका छन् । यसले नेपाल र इजरायलको सम्बन्धमा चिसोपना आउन सक्छ । किनकि ठूलो संख्याका युवायुवती खाडी मुलुक र मलेसिया जाँदा नेपाल पनि बिस्तारै तिनै मुलुकतिर ढल्कन सक्छ । खाडी मुलुक र इजरायलको सम्बन्ध राम्रो छैन । नेपाल इजरायलको निकै पुरानो र विश्वासिलो मित्र हो । जतिबेला इजरायल राज्य स्थापना भयो त्यति बेला नेपालले तुरुन्तै यसलाई मान्यता दिएको थियो जसको गुन अहिले पनि इजरायलले सम्झने गरेको छ । त्यसैले सरकारले सीमित मुलुकमा श्रमिक पठाउने वा जाने प्रचलनमा सुधार गरी सबैतिर जानसक्ने नीति लिन आवश्यक छ । नेपालले असंलग्न परराष्ट्र नीति लिएको छ । त्यसैले सबै मुलुकसँग समदूरी र समनिकटताको सम्बन्ध अपेक्षित हुन्छ । सबैसँग समान सम्बन्ध राख्नुपर्ने भए पनि श्रम निर्यातका विविध पक्षमा ध्यान जान सकेको देखिँदैन । सबै मुलुकसँग समान सम्बन्ध कायम गर्दा कूटनीति मात्र राम्रो हुने होइन, नेपालले राम्रा गन्तव्यमा पनि श्रमिक पठाउने अवसर पाउँछ ।

बोर्डबाट पाइने आर्थिक सहायता र बिमाको रकम एउटै बैङ्क खातामा पठाउने तयारी

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता र बिमाको रकम मृतक कामदारको परिवारको  एउटै बैङ्क खातामा पठाउने गरी प्रक्रिया अघि बढेको छ । बोर्डबाट पाइने आर्थिक सहायता रकम बैङ्क खातामै प्राप्त भए पनि बिमाको रकम लिन काठमाण्डौ नै धाउनु पर्ने बाध्यता कायम रहेको भन्दै एउटै खातामा रकम पठाउन मिल्ने गरी प्रक्रिया अघि बढाएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  ‘अहिले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले बोर्डबाट पाइने आर्थिक सहायताको लागि ...

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

चितवनमा दूधको उपभोग बढ्यो

चितवन (अस) । निषेधाज्ञा खुकुलो भएर विक्रीवितरण सहज भएसँगै चितवनमा दूधको उपभोग बढेको छ । माग बढ्दै गए पनि निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय उत्पादन भने घटेको किसानले बताएका छन् । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न त घरवालाले माग्थे न त डेरी पसल नै दिनभर खुल्थे,’ उनले भने, ‘पहिले बजार आफैले लैजाँदा फर्काउनु पथ्र्यो, अहिले उत्तिखेरै विक्री हुन्छ ।’ हाल आफूले दैनिक ४० लिटर दूध विक्री गर्दै आएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी, पसल, होटल, चिया पसल र घरमा दूध पु¥याउँदै आएका छन् । कतिपयले सहकारीमार्फत दूध विक्री गर्दै आएका छन् । भरतपुर महानगरपालिका–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल भने अहिले दुग्ध खपत बढेको भन्दा पनि उत्पादन नै कम भएको बताउँछन् । ‘अहिले माग त छ, तर दूध उत्पादन छैन,’ उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन हुन्थ्यो, अहिले १ हजार ५०० लिटर संकलन हुने गरेको छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसान पनि घटे, दूध उत्पादन पनि घट्यो,’ उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि विक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ विशेषगरी साउनमा चाडपर्व र व्रत बस्ने प्रचलन कारण दूधको उपभोग बढेको उनले बताए । साउनमा उत्पादन घट्ने र उपभोग बढ्ने भएकाले पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको हो । चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेकोमा हाल करीब ३ लाख लिटर उत्पादन हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए । हाल घरघरमै दूधको माग र उपभोग बढी भएकाले पनि बजारमा दूध अभाव समेत देखिएको उनको भनाइ छ । उनका अनुसार अन्य समयमा चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत स्थानीयस्तरमै हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिए पनि अहिले आधा यहीँ खपत भएर बाँकी बाहिर पठाउने गरिएको छ । यसपटक ४५ दिनको निषेधाज्ञा अवधिमा मात्र चितवनमा ११ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको नोक्सान बेहोर्नुपरेको गुनासो किसानको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० ओटा दुग्ध सहकारी छन् । जिल्लाका ४० हजार किसानले दूध बेच्ने गर्दछन् ।

वैदेशिक रोजगारीमा हुनुहुन्छ ? पैसा छ भने घर पठाउनुहोस्, फाइदैफाइदा छ !

काठमाडौं – तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ र साथमा पैसा छ भने घरमा पैसा पठाउने यो समय उपयुक्त हो । किनकी अहिले अमेरिकी डलरको भाउ बढेको बेला छ । शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर १ सय १३ र...