फागुन १, काठमाडौं । खारेजी प्रकृयामा एनआईबिएल समृद्धि फण्ड–१ ले तीन ओटा कम्पनीको ७२ हजार ५०० कित्ता ऋणपत्र आइतवारदेखि विक्रीमा ल्याएको छ ।
योजनाले नेपाल बैंकको १२ हजार ५०० कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।
यी ऋणपत्र खरीदका लागि इच्छुक खरीदकर्ताहरुले फागुन ८ गते अपरान्ह २ बजेभित्र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
यी ऋणपत्र खरीदका लागि न्यूनतम एक हजार कित्ता र सोभन्दा बढी कित्ताका लागि आवेदन दिन सकिनेछ ।एनआईबिएल एस क्यापिटल लिमिटेडलेको व्यवस्थापनमा यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा पुस २२ गतेपछि सूचीकरण खारेजी भइसकेको छ ।
नेपाल धितोपत्र बोर्डबाट २०७१ साल कात्तिक ३० गते सञ्चालनको अनुमति प्राप्त गरी योजना २०७१ साल पुस २३ गतेदेखि सञ्चालनमा आएको थियो ।
सात वर्षे अवधिको बन्दमुखी यस योजनाले योजना परिपक्व हँुदासम्मको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई आफ्नो इकाई बमोजिमको रकम फिर्ता गर्ने तयारी गरेको हो । योजनाले प्रतिइकाई रू. १० अंकित दरको रू. १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको थियो ।