सहिद स्मारक सी डिभिजन लिग सकि सकेको छ । झापा फुटबल क्लब र प्लानिङ ब्वाइज बी डिभिजनमा उक्लेका छन् । तेस्रो स्थानमा रहेको ‘सी’ डिभिजन लिगको क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका थिए । त्यसपछि एन्फाले आरसी ३२ का म्यानेजर रविन्द्रलाई मिलेमतो भएको विषयमा आधार देखाउन पत्र काटेको छ । एन्फा यो पत्रमा जवाफ आएपछि मात्र छानविन गर्ने मुडमा छ ।मिलेमतोका आरोप आउँदा आफै अग्र स्थानमा खटिएर छानविन गर्नु पर्ने एन्फाले एक क्लबका