हिन्दूहरूको महान् पर्व विजया दशमी र नवरात्रिको आरम्भको दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । आजका दिनदेखि नौ दिनसम्म आयु, आरोग्य र ऐश्वर्यका लागि नवदुर्गा भवानीको उपासना, आराधना, पूजापाठ गर्ने गरिन्छ । आजकै दिन दशैंमा लगाउने जमरा राख्ने र घट कलशको स्थापना गर्ने गरिन्छ । विजया दशमी शक्ति उपासनाको पर्व पनि हो । घटस्थापनाको धार्मिक र शास्त्रीय मूल्य–मान्यता ठूलो छ । धार्मिक, शास्त्रीय मान्यतासँगै यसको विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेक