काठमाडौँ । संसद् विघटनविरुद्धको मुद्दामा बहस सकिएको छ । शुक्रबार अदालतको सहयोगी (एमिकस क्युरी)को तर्फबाट गीता पाठकले राय दिएसँगै संसद् विघटनविरुद्धको मुद्दामा बहस सकिएको हो ।
पुस ५ गते सरकारले संसद् विघटन गरेपछि उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।