काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन्। रिटमा चार दिनको अवधिमा १५ घण्टा समय लिँदै ३६ जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरेका छन्।गत बुधबारबाट सुरु भएको रिट निवेदकको बहस आइतबार सकिएको भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उनीहरूले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएकाले पुर्नःस्थापना हुनुपर्ने र देउवालाई प्रधानमन्त्री नियुक्ति गरि शपथ लिने व्यवस्थ