स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष ५२ करोड आम्दानी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा रु १२ करोड रकम बढी […]

सम्बन्धित सामग्री

ओरियण्टल होटल्स गत वर्ष करीब १८ करोड नाफामा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ओरियण्टल होटल्स लिमिटेड १७ करोड ८४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म २ करोड ४६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नाफा गर्न सफल भएको हो । गत वर्ष होटल्सको सञ्चालनबाट नाफा करीब ८०७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ३ करोड २२ लाख रुपैयाँभन्दा बढी सञ्चालनबाट नाफा गरेको होटल्सले गत वर्ष २९ करोड २१ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । हाल होटल्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ । जगेडा कोष रकम भने १ अर्ब ४ करोड ९९ लाख रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८२ पैसा रहेको होटल्सको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ७ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

शिवम् सिमेन्टको नाफा गत वर्ष ५६ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिवम् सिमेन्ट लिमिटेको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिमा घटेको छ । अघिल्लो वर्ष ६९ करोड ७ लाख रूपैयाँभन्दा बढी रहेको खुद नाफा गत वर्ष ३० करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष ९ अर्ब २६ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालनबाट आम्दानी गत वर्ष ७ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी मात्र भएको हो । अन्य आम्दानी समेत अघिल्लो वर्षभन्दा गत वर्ष ६८ दशमलव ६६ प्रतिशत कम ३६ करोड ३५ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३ दशमलव ३० प्रतिशत कम ४ अर्ब ६७ करोड रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रूपैयाँ २३ पैसा छ ।

गत वर्ष ३४ करोडको पाउडर दुध आयात

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३४ करोड ८१ लाख रुपैयाँको पाउडर दुध आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको पाउडर दुध आयात भएको जनाएको हो ।७ लाख ४५ हजार किलोग्राम दुध आयात हुँदा आयातकर्ताले राज्यलाई २० करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष विश्वका १३ वटा देशबाट पाउडर दुध आयात हुने गरेको थियो । जसमध्ये, भारतबाट सबैभन्दा धेरै ३३ करोड ९६ लाख बराबरको ७ लाख ३४ हजार किलो पाउडर दुध आयात भएको छ ।यसैगरी, न्यूजील्याण्डका २६ लाख रुपैयाँको दुध आयात हुँदा संयुक्त अरब

४.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, गत वर्ष १० खर्ब ७ अर्ब भित्रियो

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष उक्त प्रतिशतले रेमिट्यान्स बढेको हो ।४.८ प्रतिशतले बढेसँगै रेमिट्यान्स आप्रवाह १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । यसैगरी, गत आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भइ ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आर्थिक व

गत वर्ष नेपाल भित्रियो १ अर्ब ६३ करोडको केरा

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब ६३ करोड रुपैयाँ बराबरको केरा भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड ६२ लाख किलोग्राम केरा भित्रिएको हो ।यसबापत आयातकर्ताले विदेशबाट केरा आयात गर्दा राज्यलाई २१ करोड रुपैयाँ बराबरको भन्सार कर तिरेका छन् । नेपाल भित्रिएको केरा सबै भारतबाट आयात भएको छ । गत वर्ष भारतबाट १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको केरा भित्रिएको छ । यसबाहेक इन्डोनेसियाबाट समेत केरा आयात हुने गरेको छ । इण्डानेसियाबाट गत वर्ष जम्मा ४० हज

बारामा सिपमुलक तालिम गत वर्ष झै विवादमा

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले यस वर्ष सन्चालन गरेको सिपमुलक तालिम गत वर्ष झै पुन: विवादमा परेको छ। सिपमुलक तालिम भनिएपनि सम्बन्धित बडा अध्यक्षले जानकारी नभएको बताएपछि तालिम प्रक्रियागत नभएको हुन सक्ने आशंकासँगै नगरस्तरीय तालिम यस वर्ष पनि विवादमा परेको हो । करिब १ करोड ५० लाखको लागतमा नगरका विभिन्न वडाका ६ सय जनशक्ति […]

गत वर्ष २१ प्रतिशतले बढ्यो बैंकहरुको निक्षेप परिचालन

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्षमा उक्त निक्षेप परिचालन भएको हो। जसअनुसार, गत वर्ष केन्द्रीय बैंकले ४६ खर्ब ६२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप परिचालन भएको बताएको छ। जुन, अघिल्लो आर्थिक वर्षमा ३८ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको थियो।

गत वर्ष नेपालबाट साढे ५८ करोड रुपैयाँको पानी निकासी

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ५८ करोड ५० लाख रुपैयाँको पानी निकासी भएको छ। भन्सार विभागकाअनुसार सो मूल्य बराबरको १० लाख ९१ हजार लिटर ‘मिनिरल वाटर’ निकासी भएको हो। नेपालबाट चीन, कतार र भारतमा पानी निकासी भएको छ। जसमध्ये भारतमा ५८ करोड ३० लाख, चीनतर्फ २० लाख ७१ हजार र कतारमा दुई हजारको पानी निकासी भएको हो।

गत वर्ष १५ करोडको यार्सागुम्बा निर्यात

काठमाडौं।नेपालबाट गत आर्थिक वर्ष २०७७/७८ मा १५ करोड ७६ लाख रुपैयाँको यार्सागुम्बा निकासी भएको छ। भन्सार विभागले दिएको जानकारीअनुसार २६१ किलोग्राम यार्सागुम्बा निकासी भएको हो। कम्बोडिया, चीन, हङकङ, मलेसिया,ओमान, सिंगापुर, युनाइटेड अरब इमिरेट्स,अमेरिका र भियतनाममा यार्सागुम्बा निकासी भएको छ। जसमध्ये हङकङमा सबैभन्दा बढी सात करोड १९ लाख रुपैयाँको निर्यात भएको छ। यसपछि भियतनामले दुई करोड रुपैयाँ बराबरको यार्सागुम्बार लगेको छ।

गत वर्ष ८० प्रतिशत बजेट खर्च

काठमाडौं। सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल विनियोजित बजेटको ८०.८ प्रतिशत खर्च भएको छ। महालेखा नियन्त्र कार्यालयका अनुसार वर्षको असार मसान्तसम्ममा कुल ११ खर्ब ८० अर्ब ९५ करोड रुपैयाँ बजेट खर्च भएको हो। गत वर्ष सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। गत आर्थिक वर्षमा सरकारले दुई पटक बजेट संशोधन गरेको थियो।