गत वर्ष १५ करोडको यार्सागुम्बा निर्यात

काठमाडौं।नेपालबाट गत आर्थिक वर्ष २०७७/७८ मा १५ करोड ७६ लाख रुपैयाँको यार्सागुम्बा निकासी भएको छ। भन्सार विभागले दिएको जानकारीअनुसार २६१ किलोग्राम यार्सागुम्बा निकासी भएको हो। कम्बोडिया, चीन, हङकङ, मलेसिया,ओमान, सिंगापुर, युनाइटेड अरब इमिरेट्स,अमेरिका र भियतनाममा यार्सागुम्बा निकासी भएको छ। जसमध्ये हङकङमा सबैभन्दा बढी सात करोड १९ लाख रुपैयाँको निर्यात भएको छ। यसपछि भियतनामले दुई करोड रुपैयाँ बराबरको यार्सागुम्बार लगेको छ।

सम्बन्धित सामग्री

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका अनुसार कार्यालयले गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकोमा व्यापारीले छोडपुर्जी बनाएर छ सय ७४ किलोग्राम यार्सा काठमाडौँ निकासी गरेको बताए ।

यार्सागुम्बा सङ्कलनः राज्यकोषमा एक करोड २५ लाख राजस्व

काँक्रेविहार । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन् । उनीहरूबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष यहाँ यार्सा […]

मनाङमा यसपालि बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न रोक

कोरोना संक्रमणको जोखिम रहेको भन्दै मनाङमा यस वर्ष बाहिरी जिल्लाकालाई यार्सागुम्बा टिप्न रोक लगाइएको छ । गत वर्ष पहिलोपल्ट यार्सागुम्बा संकलन रोकिएकामा यसपालि जिल्लाबासीलाई मात्र टिप्न दिइने भएको हो ।

यार्सा टिप्नेबाट ६१ लाख संकलन - Naya Patrika

पूर्वी मुगम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलकबाट यस वर्ष प्रवेश शुल्कबापत ६१ लाख ९२ हजार रुपैयाँ संकलन भएको छ । गत वर्ष भने ४५ लाख रुपैयाँ मात्र संकलन भएको...पूरा पढ्नुहोस् »