गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष उक्त प्रतिशतले रेमिट्यान्स बढेको हो ।४.८ प्रतिशतले बढेसँगै रेमिट्यान्स आप्रवाह १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । यसैगरी, गत आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भइ ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आर्थिक व