गत वर्ष नेपालबाट साढे ५८ करोड रुपैयाँको पानी निकासी

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ५८ करोड ५० लाख रुपैयाँको पानी निकासी भएको छ। भन्सार विभागकाअनुसार सो मूल्य बराबरको १० लाख ९१ हजार लिटर ‘मिनिरल वाटर’ निकासी भएको हो। नेपालबाट चीन, कतार र भारतमा पानी निकासी भएको छ। जसमध्ये भारतमा ५८ करोड ३० लाख, चीनतर्फ २० लाख ७१ हजार र कतारमा दुई हजारको पानी निकासी भएको हो।

सम्बन्धित सामग्री

सल्यानबाट ९१ करोडका खसीबोका निकासी

गत वर्ष सल्यानबाट ९१ करोड रुपैयाँ बराबरका खसीबोका निकासी भएका छन् । जिल्लाका १० स्थानीय तहबाट कपुरकोट, सल्लीबजार र कालिमाटी नाका हुँदै ती खसीबोका निकासी भएका हुन् ।

४६ करोड ७२ लाखको सुन्तला बिक्री

पाल्पामा सुन्तला उत्पादन घटे पनि यो वर्ष ४६ करोड बढीको निकासी भएको छ । जिल्लाको विभिन्न स्थानबाट ४६ करोड ७२ लाख रुपियाँको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । गत वर्ष ४३ करोड ३५ लाखको सुन्तला बिक्री भएको थियो ।

चीनतर्फ निकासी दोब्बर

अघिल्लो वर्षको तुलनामा गत वर्ष चीनतर्फको निर्यात दोब्बरभन्दा धेरैले बढेको छ । निर्यात व्यापारमा उच्च गिरावट आएका बेला चीनतर्फको व्यापार ११८ प्रतिशतले बढेको हो । नेपालले गत वर्ष चीनमा १ अर्ब ७६ करोड रुपैयाँको निकासी गरेको छ । अघिल्लो वर्ष यो रकम ८० करोड ८७ लाखमात्र थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत […]

धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ ९लकडी० तराईका उद्योगका लागि निर्यात हुने गरेको छ । सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ । जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक  २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार नौ सय १८ क्युबिक फिट काठ निकासी भएको थियो । जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार

चार धागो उद्योगबाट सवा सात अर्बको निकासी

गत वर्ष कोभिड महामारीबीच पनि नेपाली उद्योगबाट ७ अर्ब ३४ करोड मूल्य बराबरको धागो निकासी भएको छ ।नेपाल धागो उत्पादक संघका अनुसार मुलुकमा हाल रिलायन्स, त्रिवेणी, जगदम्बा र जया स्पिनिङ मिल्सलगायत अन्य धागो उद्योग सञ्चालनमा छन् । यी उद्योगले गत वर्ष अघिल्लो वर्षभन्दा ३५ प्रतिशत निकासी वृद्धि गरेका हुन् ।अघिल्लो वर्ष २०७६-०७७ मा यी उद्योगबाट […]

लालबन्दीबाट गत वर्ष दुई अर्बको तरकारी निकासी

सर्लाही– सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/०७८ मा रु. दुई अर्ब २४ करोड ३४ लाख ३३ हजारको तरकारी निकासी गरेको छ। लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले वि.सं. २०७७ साउन १ देखि वि.सं. २०७८ को असार मसान्तसम्ममा रु. तीन करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी […]

नेपालबाट ५२ लाखको सफ्टवेयर निर्यात

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट करिब ५२ लाख रुपैयाँको सफ्टवेयर निकासी भएको छ।भन्सार विभागले दिएको जानकारीअनुसार एक वर्षमा उक्त मूल्य बराबरको सफ्टवेयर निकासी भएको हो।गत वर्ष ५१ लाख ९३ हजार रुपैयाँ बराबरको ८ वटा सफ्टवेयर निकासी भएको विभागले जानकारी दिएको छ।तर, यही अवधिमा विदेशबाट नेपालतर्फ ८४ करोड ३९ लाख ४७ हजार रुपैयाँको सफ्टवेयर आयात भएको विभागले जानकारी दिएको छ।

गत वर्ष दुई अर्ब १५ करोडको राउटर आयात

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले विदेशबाट दुई अर्ब १५ करोड रुपैयाँ बराबरको राउटर आयात गरेको छ। भन्सार विभागले दिएको जानकारीअनुसार उक्त मूल्यको ८ लाख ५ हजार २८० वटा राउटर आयात गरेको हो। राउटर आयात गर्दा आयातकर्ताले सरकारलाई ४० करोड रुपैयाँ बराबरको भन्सार राजश्व तिरेका छन्। उक्त अवधिमा नेपालबाट २३ हजार रुपैयाँ बराबरको एउटा राउटर निकासी भएको विभागले बताएको छ।

गत वर्ष १५ करोडको यार्सागुम्बा निर्यात

काठमाडौं।नेपालबाट गत आर्थिक वर्ष २०७७/७८ मा १५ करोड ७६ लाख रुपैयाँको यार्सागुम्बा निकासी भएको छ। भन्सार विभागले दिएको जानकारीअनुसार २६१ किलोग्राम यार्सागुम्बा निकासी भएको हो। कम्बोडिया, चीन, हङकङ, मलेसिया,ओमान, सिंगापुर, युनाइटेड अरब इमिरेट्स,अमेरिका र भियतनाममा यार्सागुम्बा निकासी भएको छ। जसमध्ये हङकङमा सबैभन्दा बढी सात करोड १९ लाख रुपैयाँको निर्यात भएको छ। यसपछि भियतनामले दुई करोड रुपैयाँ बराबरको यार्सागुम्बार लगेको छ।