गत वर्ष २१ प्रतिशतले बढ्यो बैंकहरुको निक्षेप परिचालन

काठमाडौं। आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्षमा उक्त निक्षेप परिचालन भएको हो। जसअनुसार, गत वर्ष केन्द्रीय बैंकले ४६ खर्ब ६२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप परिचालन भएको बताएको छ। जुन, अघिल्लो आर्थिक वर्षमा ३८ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको थियो।

सम्बन्धित सामग्री

यस वर्ष मध्य भोटेकोशीको नोक्सानी बढ्यो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४ करोड ८३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ११ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष खुद नोक्सानी बढेको हो । कम्पनीले १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस वर्ष कर तिरेका कारण कम्पनीको नोक्सानी बढेको हो । कम्पनीले अघिल्लो वर्षको करबापत रू. १ करोडभन्दा बढी रकम तिरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब रहेको छ । रिटेन्ड अर्निङ गत वर्ष रू. २९ करोड ८३ लाखभन्दा बढी ऋणात्मक रहेकोमा यस वर्ष रू. ३९ करोड ५१ लाखभन्दा बढी ऋणात्मक रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको दीर्घकालीन कर्जा रकम रू. १० अर्ब ६९ करोडभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म यो कर्जा रू. ६ अर्ब ७१ करोडभन्दा बढी थियो । कम्पनीको निक्षेप लगानी रकम गत वर्ष रू. ४९ करोड रहेकोमा यस वर्ष रू. २१ करोड रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

यस वर्ष साढे ९३ % ले बढ्यो नाडेप लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू  आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ९३ दशमलव ५७ प्रतिशत बढी खुद नाफा गरेको छ ।  गत वर्ष रू. ९३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८० लाखभन्दा बढी यो नाफा गरेको हो ।यस वर्ष कम्पनीको सञ्चालन नाफा १२८ प्रतिशत बढेको छ । गत वर्ष रू. १ करोड ६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २ करोड ४२ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १ करोड ४२ लाखभन्दा बढी छ । २० प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गरी रू. ४८ करोड ५७ लाख ६० हजार पुर्‍याएको कम्पनीको रिटेन्ड अर्निग रू. १४ करोड ४१ लाखभन्दा बढी र जगेडा कोष रकम रू. २५ करोड २० लाखभन्दा बढी छ ।  दोस्रो त्रैमाससम्म रू. १ अर्ब ८२ करोडभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ५ अर्ब २५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यो अवधिसम्म कम्पनीले रू. २ अर्ब १९ करोडभन्दा बढी कर्जा सापटी लिएको छ । निष्क्रिय कर्जा गत वर्ष ६ दशमलव २० प्रतिशत रहेकोमा यस वर्ष बढे ७ दशमलव ४५ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १४ दशमलव ८५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ३३ रहेको छ ।   वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :

आईपीओ निष्कासनको तयारीमा रहेको अभियान लघुवित्तको नाफा यस वर्ष साढे ९% बढ्यो

वैशाख २२, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष साढे ९ प्रतिशत बढी खुद नाफा गरेको छ ।  गत वर्ष रू. १ करोड २ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ११ लाखभन्दा बढी खुद नाफा गरेको हो । कम्पनीको सञ्चालन नाफा भने ४८ दशमलव २५ प्रतिशत बढी रू. १ करोड ७७ लाख भएको छ । यस वर्ष सम्भावित जोखिम शीर्षकमा कम्पनीले ३५ प्रतिशत कम रू. १ करोड १५ लाख ६६ हजार रकम छुट्याएको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १५ करोड २५ लाख रहेको छ । जगेडा कोष रकम गत वर्ष रू. ८ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. १ करोड ९२ लाखभन्दा बढी कायम भएको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ३४ प्रतिशत बढी रू. १ अर्ब ७४ करोड कर्जा सापटी लिएको छ भने २७ दशमलव ७६ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ८४ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा करिब ७३ प्रतिशत बढी रू. २९ करोड १९ लाख भएको छ ।  कम्पनीको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३ दशमलव ३४ प्रतिशत पुगेको छ ।

मेरो माइक्रोफाइनान्सको नाफा यस वर्ष १५.२०% बढ्यो

वैशाख १५, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३४ करोड १५ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षभन्दा १५ दशमलव २० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २९ करोड ६५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा भने यस वर्ष करिब १६ प्रतिशत वृद्धि भएको छ । सम्भावित जोखिम शीर्षकमा गत वर्षभन्दा ५७ दशमलव ९४ प्रतिशत कम रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा बढ्न गई खुद नाफामा पनि सकारात्मक प्रभाव परेको हो । २० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १ अर्ब २० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि ५० दशमलव ९७ प्रतिशत बढेर रू. ७२ करोड ४९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले यस वर्ष १० प्रतिशत बढी रू. १० अर्ब ९९ करोड ७६ लाख कर्जा सापटी लिएको छ । गत वर्षभन्दा ३२ दशमलव ३२ प्रतिशत बढी रू. ३ अर्ब १७ करोड ४३ लाख निक्षेप संकलन गरेको कम्पनीले २५ प्रतिशत बढी रू. १६ अर्ब २४ करोड २३ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ७० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वष बढेर ३ दशमलव ८८ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ४१ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको तरलता अनुपात १ दशमलव २२ रहेको छ ।

नेरुडे लघुवित्तको खुद नाफा यस वर्ष ७७.३२% बढ्यो

माघ २०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १३ करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ७ करोड ४२ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ७७ दशमलव ३२ प्रतिशत बढेको हो । सञ्चालन नाफा ११ दशमलव २८ प्रतिशत घटेको कम्पनीको खुद नाफा भने खराब कर्जा संकलनले बढाएको हो ।  गत वर्ष रू. ११ करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४५ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्ष नभएको खराब कर्जा संकलन यस वर्ष रू. १० करोड ४३ लाखभन्दा बढी भएको छ । यस वर्ष २१ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू. ६० करोड पुगेको छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा ११ दशमलव ३५ प्रतिशत बढेर रू. ६३ करोड ३३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले ४६ दशमलव ८९ प्रतिशत बढी रू. ४ अर्ब ९२ करोड १६ लाख कर्जा सापटी लिएको छ भने ३५ दशमलव ७७ प्रतिशत बढी रू. ९ अर्ब ४६ करोड ८५ लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले २० दशमलव ९३ प्रतिशत बढी रू. २ अर्ब ९६ करोड ८६ लाख निक्षेप संकलन गरेको छ ।  गत वर्ष ४ दशमलव २७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ६८ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. २०५ दशमलव ५७ छ ।

गुडविल फाइनान्सको नाफा यस वर्ष ४२.७०% बढ्यो

माघ ९, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ९१ लाख ९१ हजार खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ५ करोड ५४ लाख ९१ हजार रहेको थियो । आइतवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४२ दशमलव ७० प्रतिशत वृद्धि भएको हो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ४२ दशमलव २२ प्रतिशत बढेको छ । गत वर्ष रू. ७ करोड ८४ लाख ६७ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड १५ लाख ९६ हजार यो नाफा गरेको हो । यो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ८५ लाख २३ हजार छ ।  यसवर्ष ९ दशमलव १ प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. ९४ करोड ६१ लाख १५ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २३ दशमलव ३९ प्रतिशत बढेर रू. ९५ करोड ७४ लाख ९ हजार कायम भएको छ । यस अवधिसम्म कम्पनीको शेयर प्रिमियम रू. २४ लाख ७५ हजार र रिटेन्ड अर्निङ रू. ८५ लाख २३ हजार छ ।  गत वर्षभन्दा यस वर्ष ३ प्रतिशत बढी रू. १० अर्ब ३८ करोड ५८ लाख ११ हजार निक्षेप संकलन गरेको कम्पनीले ८ दशमलव ६५ प्रतिशत बढी रू. ८ अर्ब ७ करोड ५७ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ३८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ७१ प्रतिशत पुगेको छ ।

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ ले बढेको छ भने कर्जा प्रवाह ५४.६७%ले बढेको छ । बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो । सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको

तेस्रो त्रैमासमा कालिका लघुवित्तको खुद नाफा करीब १५ गुणाले बढ्यो

वैशाख ६, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. ६ करोड ९७ हजार खुद नाफा गरेको छ । गत वर्ष यो नाफा रू. ४१ लाख ५ हजार मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १४ दशमलव ६४ गुणा बढी भएको हो । गत वर्ष रू. ६३ लाख ५८ हजार सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. ७२ लाख ८३ हजार सञ्चालन नाफा गरेको छ ।  सञ्चालन घाटा सुधारिएसँगै कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस वर्ष खराब कर्जा संकलन पनि गत वर्षभन्दा ६ दशमलव ८४ गुणा बढी भएको छ । गत वर्ष रू. १ करोड २८ लाख ७४ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ८१ लाख ९ हजार यो कर्जा संकलन गरेको हो । खुद नाफा उल्लेख्य मात्रामा बढेको कम्पनीको जगेडा कोष रकम पनि २१ प्रतिशत बढी कायम भएको छ । गत वर्ष रू. १४ करोड ६८ लाख ९१ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १७ करोड ७७ लाख ८८ हजार कायम भएको हो । गत वर्षको तुलनामा चुक्तापूँजीमा भने कुनै परिवर्तन भएको छैन । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ ।  गत वर्षभन्दा १३ दशमलव ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २३ दशमलव ४६ प्रतिशत कर्जा प्रवाह गरेको छ । यस वर्ष गत वर्षभन्दा १४ दशमलव १४ प्रतिशत बढी कम्पनीले कर्जा सापटी लिएको छ । कम्पनीले यस त्रैमाससम्म रू. १ अर्ब २० करोड ३५ लाख ४२ हजार निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ९९ करोड ४६ लाख ५६ हजार कर्जा प्रवाह गरेको छ ।  कम्पनीले रू. १ अर्ब ४१ करोड ६७ लाख ७१ हजार विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापटी लिएको छ । गत वर्षभन्दा यसवर्ष कम्पनीको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्ष ३ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७४ प्रतिशत कायम भएको छ ।  यो त्रैमास अवधिभर कम्पनीले निक्षेपतर्फ ४ प्रतिशतदेखि ६ प्रतिशत र कर्जातर्फ १४ देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरी लागू गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३१ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ रू. १७० दशमलव ४५ रहेको छ ।