शिवम् सिमेन्टको नाफा गत वर्ष ५६ प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिवम् सिमेन्ट लिमिटेको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिमा घटेको छ । अघिल्लो वर्ष ६९ करोड ७ लाख रूपैयाँभन्दा बढी रहेको खुद नाफा गत वर्ष ३० करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । अघिल्लो वर्ष ९ अर्ब २६ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालनबाट आम्दानी गत वर्ष ७ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी मात्र भएको हो । अन्य आम्दानी समेत अघिल्लो वर्षभन्दा गत वर्ष ६८ दशमलव ६६ प्रतिशत कम ३६ करोड ३५ लाख रूपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३ दशमलव ३० प्रतिशत कम ४ अर्ब ६७ करोड रूपैयाँभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ६ रूपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रूपैयाँ २३ पैसा छ ।  

सम्बन्धित सामग्री

शिवम् सिमेन्टको खुद नाफा यो वर्ष करीब ४०% घट्यो

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्टले रू. ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ९३ प्रतिशत कम भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी घटेको र कुल खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ७ अर्ब ३९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ अर्ब २९ करोडभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।  कुल खर्च भने गत वर्ष रू. ६ अर्ब ९ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू. ६ अर्ब ५१ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । शेयर प्रिमियम रकम रू. ९५ करोड ६२ लाखभन्दा बढी रहेको कम्पनीको अन्य सम्पत्तिमा रू. ३  अर्ब ८२ करोड ९२ लाखभन्दा बढी रहेको छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ७६ रहेको छ ।                                                    स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण