नौ दिनसम्म घर फर्किन सकेनन् बाढीपीडित

स्थानीय काँढा र पथरैया नदीमा आएको बाढीले घर डुवानमा परेपछि गत साता विस्थापित भएका भजनी नगरपालिका–८, काँडाढिकका ध्वजबहादुर बिकको परिवार अझै घर फर्कन सकेको छैन । एक साता हुलाकी सडकमा...

सम्बन्धित सामग्री

बस्ती जलमग्न, घर हिलाम्मे

कैलालीको भजनीका ९ सयभन्दा बढी बाढीपीडित बिहीबार दोस्रो दिन पनि हुलाकी सडक छेउछाउ त्रिपालमै बसिरहेका छन् । भजनीका बस्ती जलमग्न बनेका छन् भने उनीहरूका घरहरू हिलाम्मे बनेका छन् ।

५ महिनादेखि सडकमै : त्रिपालमुनि चिसोमा कठ्यांग्रिँदै बाढीपीडित

कैलालीको भजनी–५ लालबोझीमा उनको घर थियो । उब्जाउ हुने खेतबारी थिए । नजिकै छरछिमेक र आफन्त हुँदा रमाइलो संसार थियो । गएको साउन ५ गते विपद्ले नलखेटेको भए उनी उसरी नै खुसीसाथ बसिरहेका हुन्थे । तर, सधैं शान्त रहने कान्द्रा नदी त्यस दिन सायद बौलाएको थियो । बाढी बोकेर त्यो लालबोझी गाउँ पस्यो, पूरै गाउँलाई डुबायो ।

पर्वको तयारीमा जुटे बाढीपीडित

लोहन्द्रा खोलाको बाढीले दक्षिणपूर्वी मोरंगको धनपालथान गाउँपालिकामा खेतबारी डुबायो, घरआँगन भत्कायो भने खाद्यान र कपडा काम नै नलाग्ने बनायो । स्थानीयले घर छाडेर केही दिन स्थानीय विद्यालयमा शरण लिए । दसैं नसकिँदै र तिहार नआउँदै सामना गर्नुपरेको प्राकृतिक प्रकोपबाट पनि उनीहरू हरेस भने खाएनन् ।

बाढीपीडित भन्छन्, कति दिन विद्यालयमा बस्ने ?

टीकापुर, ७ कात्तिक । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन् […]

बाढीपीडित आफैं आश्रय बनाउँदै

बाढीले घरभरि थुपारेको पाँगो माटो पन्छाउन सुनवल–१० का गोरे परियारलाई तीन दिन लाग्यो । भदौ १० को मध्यरातमा आएको बाढीले घरमा क्षति पुर्‍याएपछि स्थानीय विद्यालयमा आश्रय लिँदै आएका परियार बाढी घटेपछि घर सरसफाइमा लागेका हुन् ।

पालमुनिको बास, रातदिन त्रासैत्रास (फोटो फिचर)

धनगढी : दार्चुलाका दुहुँ र व्‍यासका बाढीपीडित त्रसित बनेका छन्। उनीहरुमा यस्तो त्रास छ कि आनन्दले आफ्नो घरमा समेत बस्न मुस्किल उनीहरूलाई छ।त्रासका कारण उनीहरु घरमा जान नसकेपछि पालमुनि बस्न बाध्य भएका छन्। दिन रात त्रासमै बितिरहेका छन् उनीहरुका। दिनभर पालमुनि कहिलेकसो डराई डराई उनीहरु राति सुत्न मात्र घर पुग्छन्।यसरी त्रासमय दैनिकी चलिरशेको बताउँछन् शेरबहादुर बम। महाकाली नगरपालिका १ का ८३ वर्षका शेरबहादुरलाई १३ भदौमा निजाङखोलामा आएको बाढीले बगाएको थियो।ब्लड प्रेसरका बिरामी शेरबहादुर बाढीले बग

सुर्खेत बाढीपीडित चार वर्षदेखि अस्थायी छाप्रोमै

जानकी सुनारको न्वारन गरेको एक दिन मात्र भएको थियो, उनको घरजग्गा पहिरोले बगायो। धन्न जानकीलाई केही भएन। परिवारका अरू सदस्य पनि जोगिए। यो २०७१ साउन २९ को घटना हो। उनीहरूको घर सुर्खेत, भेरीगंगा नगरपालिका, पाँडुलेमा पर्छ। साबिकमा लेखपराजुल गाविस–९ थियो। पहिरोले घरजग्गा बगाएपछि केही दिन आफन्तकहाँ बसे। त्यसपछि सुर्खेत–नेपालगन्ज सडकछेउ पाँडुले जंगलमा अस्थायी शिविरमा बस्न…

रोैतहटका बाढीपीडित चार दिनदेखि भोकै

रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन्। दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।पीडितलाई गाउलेले केही चिउराहरु सहयोग गरे पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ। दोहरटोलमा रहेका एक सय जनाभन्दा बढीले नुन चिउरा, पानीसमेत  खान पाएका छैनन्। भत्किएको घर कुरेर उनीहरु…