५ महिनादेखि सडकमै : त्रिपालमुनि चिसोमा कठ्यांग्रिँदै बाढीपीडित

कैलालीको भजनी–५ लालबोझीमा उनको घर थियो । उब्जाउ हुने खेतबारी थिए । नजिकै छरछिमेक र आफन्त हुँदा रमाइलो संसार थियो । गएको साउन ५ गते विपद्ले नलखेटेको भए उनी उसरी नै खुसीसाथ बसिरहेका हुन्थे । तर, सधैं शान्त रहने कान्द्रा नदी त्यस दिन सायद बौलाएको थियो । बाढी बोकेर त्यो लालबोझी गाउँ पस्यो, पूरै गाउँलाई डुबायो ।

सम्बन्धित सामग्री

बाढीपीडित अझै सडक र विद्यालयमै

बस्ती नै डुबानमा परेपछि भजनी नगरपालिका–८ कृष्णपुरका लालबहादुर चौधरीको परिवार एक सातायता हुलाकी सडकमा त्रिपालमुनि बसिरहेको छ । ‘वर्षा रोकिएर डुबान घट्ने भयो, अब घर फर्किन पाइन्छ होला भनेको फेरि पानी पर्‍यो । घर अझै हिलाम्मे छ । बस्ने अवस्था नभएकाले अहिलेसम्म पनि सडकमै छौं,’ उनले भने, ‘अझै पानी थपिएर फेरि बाढी आउने हो कि ? यस्तोमा कसरी घर फर्किनु ?’