रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन्। दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।पीडितलाई गाउलेले केही चिउराहरु सहयोग गरे पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ। दोहरटोलमा रहेका एक सय जनाभन्दा बढीले नुन चिउरा, पानीसमेत खान पाएका छैनन्। भत्किएको घर कुरेर उनीहरु…