पर्वको तयारीमा जुटे बाढीपीडित

लोहन्द्रा खोलाको बाढीले दक्षिणपूर्वी मोरंगको धनपालथान गाउँपालिकामा खेतबारी डुबायो, घरआँगन भत्कायो भने खाद्यान र कपडा काम नै नलाग्ने बनायो । स्थानीयले घर छाडेर केही दिन स्थानीय विद्यालयमा शरण लिए । दसैं नसकिँदै र तिहार नआउँदै सामना गर्नुपरेको प्राकृतिक प्रकोपबाट पनि उनीहरू हरेस भने खाएनन् ।

सम्बन्धित सामग्री

तरार्इका बाढीपीडितका लागि जुटे जुम्लेली, उठाए एक लाख भन्दा बढी सहयोग

जुम्ला। अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका पहिरो तथा बाढीपीडित घरपरिवारका लागि जुम्लामा रु एक लाख राहत संकलन गरिएको छ चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्व र जिल्ला प्रशासन कार्यालय, प्रहरी, कृषि, शिक्षा, पशुसेवा कार्यालयको सहभागितामा रु ५० हजार २०० रकम सोमबार संकलन गरिएको हो ।